चीनले पठाएको राहत बुझ्न गृहमन्त्री श्रेष्ठ राजदूत छेनसँग पोखरामा
काठमाडौं, 8 नोभेम्बर 2023
भूकम्पपीडितका लागि चीन सरकारले पठाएको राहत सामग्री बुझ्न उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज बिहान पोखरा पुगेका छन् ।
गृहमन्त्री श्रेष्ठ चिनियाँ राजदूत छेन सङलाई लिएर नेपाली सेनाको जहाजमा पोखरा पुगेका हुन् ।
कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल र चीनको सम्बन्ध सार्वभौमसत्ताको सम्मान र आपसी हितमा आधारित रहेको र संकटको बेलामा सधैं साथ दिएको भन्दै चिनियाँ सरकारलाई दिए ।
चिनियाँ जनमुक्ति सेनाका २ वटा जहाज १ लाख ७९ हजार किलो राहत सामग्री लिएर पोखरा विमानस्थल अवतरण गरेका हुन् । विमानमा ६ सय थान टेन्ट र ४६ सय थान ब्ल्यांकेटसहितका सामग्री आएको हो ।









































