काठमाण्डौ, 16 अगस्त 2021
तालिवान समूहले काबुल कब्जा गरेपछि अमेरिका र उसका सहयोगी मुलुकका दूतावासहरु बन्द भएका छन् । अमेरिकी दूतावासमा कार्यरत सबै कर्मचारीहरुलाई उद्धार अमेरिकाले गरेर अन्यत्र लगेको छ । अमेरिकी आधिकारीहरुलाई काबुलबाट सुरक्षित स्थानमा लगिएको छ । आफ्ना नागरिक तथा कर्मचारीहरुको उद्धारका लागि भनेर अमेरिकी सेनाले काबुल विमानस्थल पूर्णरुपमा नियन्त्रणमा लिएको छ । काबुलमा रहेका अमेरिकी र उसका सहयोगी मुलुकका दूतावासहरु बन्द गरिएपनि चीन र रुसले भने खुला गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले चीन र रुसको दूतावास बन्द गर्ने कुनै योजना नरहेको बताएका छन् । चीनले आफ्ना नागरिक तथा दूतावासका अधिकारीहरुलाई ‘भित्रै बस्न’ र अलर्टमा रहन भनेको बीबीसीले जनाएको छ । रुसी विदेश मन्त्रालयले पनि दूतावास खाली गराउने सम्बन्धमा कुनै योजना नरहेको आइतबार बताएको थियो ।









































