HomeFeatureचोभारमा सुक्खा बन्दरगाह भन्सार कार्यालयको प्रधानमन्त्रीद्वारा उद्घाटन

चोभारमा सुक्खा बन्दरगाह भन्सार कार्यालयको प्रधानमन्त्रीद्वारा उद्घाटन

काठमाडौं, 5 अप्रैल 2022

प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै दातृ राष्ट्रको अनुदान वा सस्तो ब्याजदरमा ऋण लिएर मात्रै सरकार आफैँले रेल-वे निर्माण गर्न सक्ने बताउनुभएको छ । मंगलबार काठमाडौंको चोभारमा सुक्खा बन्दरगाह भन्सार कार्यालयको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले नेपालको व्यापार घाटा बढ्दोक्रममा रहेको भन्दै तत्काल सरकारले रेल–वे निर्माण गर्न नसक्ने भन्दै कुनै दातृ राष्ट्रको अनुदान वा सस्तो ब्याजदरमा ऋण लिएर सरकारले रेल–वेमा लगानी गर्न सक्ने बताउनुभएको हो । मुलुकमा रेलको आवश्यकता भएपनि धेरै खर्चिलो रहेको उहाको भनाई छ । प्रधानमन्त्री देउवाले मुलुकका अन्य स्थानमा पनि बन्दरगाह निर्माण गर्ने बताउनुभयो । उहाले बढ्दो व्यापार घाटालाई कम गर्न स्वदेशी कच्चा पदार्थ र स्वदेशी सीपको प्रवर्द्धनमा बिशेष ध्यान दिनुपर्ने धारणा राख्नुभयो । बन्दरगाह निर्माणले राजधानीलाई अन्तराष्ट्रिय बजारको हब बनाउन कोशेढुङ्गा सावित हुने उहाले बताउनुभयो । प्रधानमन्त्री देउवाले अन्तर्राष्ट्रिय बजारमा स्वदेशी सामानको प्रवर्द्धन र औद्योगिक विकासमार्फत रोजगारी सृजना गर्न सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो । कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले बन्दरगाहलाई आयातको केन्द्रबिन्दु नभएर निर्यातको केन्द्रबिन्दु बनाउनुपर्ने बताउनुभयो । उहाले रेमिटेन्स र आयातमा निर्भर अर्थतन्त्र जोखिमको बिषय भएको जिकिर गर्नुभयो । नेपाल भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजना अन्तर्गत चोभारको दुई सय २८ रोपनी क्षेत्रफलमा सुक्खा बन्दरगाह निर्माण भएको हो । विश्व बैंकको ऋण सहयोगमा एक अर्ब ६७ करोड लागतमा निर्माण भएको आयोजना २०७५ जेठमा ठेक्का सम्झौता भएको थियो । सुक्खा बन्दरगाह सञ्चालनमा आएसंगै अव तेस्रो मुलुकबाट आउने माल वस्तुको भन्सार जाँच पास सिधै काठमाडौंमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...