नयाँ दिल्ली, 18 जनवरी 2020
भारतको राजधानी दिल्लीमा भएको चोरी प्रकरणमा संग्लन रहेको आरोप लागेका नेपाली काँग्रेसका नेता पक्राउ परेका छन्। दिल्लीका व्यवसायी विशेश्वर अग्रवालको कार्यालयबाट एक करोड चार लाख बढी नगद र गरगहना चोरी घटनामा संग्लन रहेको भन्दै धनगढी निवासी काँग्रेस नेता पदम नेपाली कैलालीबाट पक्राउ परेका हुन्।
उनी नेपाली काँग्रेसको भातृ संगठन दलित संघका पूर्व केन्द्रिय सदस्य हुन् भने उनले धनगढीमै ईन्स्ट्यिुट समेत सञ्चालन गर्दै आएका छन्। उक्त घटनामा ६५ लाख भारतीय रुपैँया नगद सहित तीन जनालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ। गौरीगंगा– २ की बिन्दा थापा, बाजुराको बुढिगंगा –१ घर भएका २९ बर्षीय जयसिंह थापा र उनकी श्रीमती मनाकुमारी खड्कालाई प्रहरीले पक्राउ गरेको थियो।
उनीहरुलाई संरक्षण गर्ने कार्यमा नेपालीले भुमिका खेल्दै आएको देखिएपछि पक्राउ गरेर अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताउनुभयो।









































