Homeसमाचारछानविन समितिद्वारा प्रशिक्षक र एन्फाका उपाध्यक्षबीचको विवादमा प्रतिवेदन बुझायो

छानविन समितिद्वारा प्रशिक्षक र एन्फाका उपाध्यक्षबीचको विवादमा प्रतिवेदन बुझायो

काठमाडौं, 26 अगस्त 2021

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक र अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्षबीचको विवाद समाधानका लागि गठित छानविन समितिले बुधबार राष्ट्रिय खेलकुद परिषद (राखेप)लाई प्रतिवेदन बुझाएको छ । १४ दिन लामो छानविन गरी समितिले ११ बुँदे निष्कर्षसहितको प्रतिवेदन  राखेपका सदस्य सचिव रमेशकुमार सिलवाललाई बुझाएको हो । समितिकी प्रवक्ता सुवर्ण केशरी श्रेष्ठले ८२ पृष्ठ लामो प्रतिवेदनबाट निस्केको ११ बुँदे निचोड सार्वजनिक गरेकी हुन् । समितिले सार्वजनिक गरेको निष्कर्षमा अखिल नेपाल फुटबल संघ, एसियाली फुटबल महासंघ फिफाको नियम अनुसार चल्न नसकेको, आफ्नो समस्या आफै समाधान गर्नु पर्ने तथा प्रशिक्षकले व्यक्तिगत बानी व्यहोरामा सुधार गर्नुपर्ने औल्याइएको छ ।कार्यक्रममा प्रतिवेदन बुझेपछि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव सिलवालले प्रतिवेदन अध्ययन गरेर एन्फालाई कार्यान्वयन गर्न निर्देशन दिने बताउनु भयो । उहाँले विवाद समाधान गर्न दुबै पक्षसँग छुट्टा छुट्टै पहल भए पनि समाधान हुन नसकेको बताउनु भयो । छानविन भइरसकेको अवस्थामा परिषदले दिएको निर्देशन एन्फाले अक्षरसः पालना गर्नु पर्ने सदस्य सचिव सिलवालको भनाई छ ।राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलुमताइरीले वरिष्ठ उपाध्यक्षलाई कारण देखाउँदै पदबाट राजीनामा दिने घोषणा पछि एन्फा विवाद बाहिर आएको थियो । जसलाई समाधान  गर्न एन्फाले तेस्रो पक्ष युवा तथा खेलकुद मन्त्रालयलाई जिम्मा लगाएको थियो । सोही अनुसार युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपानेले राष्ट्रिय खेलकुद परिषदलाई छानविन समिति गठन गरेर एक साता भित्र प्रतिविदेन बुझाउन निर्देशन दिएका थिए । पुरेन्द्र विक्रम लाखेको संयोजकत्वमा बनेको छनोट समितिले १४ दिनमा आज प्रतिवेदन सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...