HomeFeature छिमेकी मुलुकसंगको आर्थिक साझेदारी अभिवृद्धिका लागि सीमापार कनेक्टिभिटी अत्यावश्यक: प्रधानमन्त्री दाहाल

 छिमेकी मुलुकसंगको आर्थिक साझेदारी अभिवृद्धिका लागि सीमापार कनेक्टिभिटी अत्यावश्यक: प्रधानमन्त्री दाहाल

काठमाडौं, 14 मार्च 2023

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छिमेकी मुलुकसंगको आर्थिक साझेदारी अभिवृद्धिका लागि सीमापार कनेक्टिभिटी अत्यावश्यक रहेको बताएका छन् ।नेपाल उद्योग परिसंघ र अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धनका लागि चाइना काउन्सिलले काठमाडौँमा आयोजना गरेको नेपाल–चीन व्यापार मञ्चको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताए।प्रधानमन्त्री प्रचण्डले सीमापार कनेक्टिभिटीको आवश्यकतालाई ध्यानमा राखेर सरकारले नेपाल–चीन सीमानाका पूर्वाधार सुधार, सीमानाकामा परीक्षण र मान्यताका लागि पूर्ण सुविधा सम्पन्न प्रयोगशाला स्थापना गर्ने र बिभिन्न स्थानमा बन्दरगाह निर्माणलाई तीव्रता दिएको बताए ।नेपालले व्यापार र लगानीमैत्री नीति अवलम्बन गरेको भन्दै प्रधानमन्त्रीले प्रत्यक्ष विदेशी लगानीलाई प्रोत्साहन, प्रवर्द्धन र संरक्षण गर्ने जिकिर गरे । उनले लाभदायक क्षेत्रहरु जलविद्युत, औद्योगिक उत्पादन, पूर्वाधार विकास, पर्यटन, कृषि, खनिज, खानी लगायतमा लगानी गर्न आह्वान गरे । उनले नेपालको कानूनले लगानीबाट कमाएको आम्दानीको पूर्ण फिर्तीलाई अनुमति दिने र नेपालमा दर्ता भएका विदेशी कम्पनीहरूले जग्गा खरिद, स्वामित्व र बिक्री गर्न सक्ने भएकाले लगानीबाट हुने लाभांश लैजान समस्या नरहेको धारणा राखे ।उनले नेपालमा लगानी गर्न चाहने चिनियाँ कम्पनीहरूलाई आवश्यक सहयोग गर्न तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...