काठमाण्डौँ, 19 जनवरी 2020
छैठौँ महिला उद्यमी सम्मेलन 2020 काठमाडौँमा आयोजना हुने भएको छ। ‘कनेक्ट, कोलाबोरेट र क्रियट’ भन्ने नाराका साथ नेपाली युवा उद्यमी फोरमले आइतबार पत्रकार सम्मेलन आयोजना गरी माघ १२ गते काठमाडौंको लाजिम्पाट स्थित होटल ऱ्याडिसनमा सम्मेलन आयोजना गर्न लागिएको जनाएको हो। कार्यक्रममा नेपाली युवा उद्यमी फोरमका उपाध्यक्ष उपासना श्रेष्ठले विभिन्न व्यवसाय तथा उद्यमशीलता प्रति आकर्षित युवाहरुलाई लक्षित गरेर महिला उद्यमशीलता सम्मेलन आयोजना गर्न लागिएको बताउनुभयो। उहाँले सम्मेलनमा व्यवसाय तथा उद्यमशीलताको क्षेत्रमा सफलता पाइरहेका उद्यमी व्यवसायीहरुको अनुभव, योजना र व्यवसायीक साझेदारी साटासाट हुने बताउनुभयो। सम्मेलनमा उद्यमी, श्रमिक महिला, विभिन्न व्यावसायीहरु लगायत विभिन्न विज्ञहरु र विद्यार्थीहरु गरी करिब ३ सय जनाको उपस्थिति रहने उपाध्यक्ष श्रेष्ठले बताउनुभायो।
कार्यक्रममा विभिन्न विज्ञहरुको सम्बोधन, प्रेरक वक्ताहरुको प्रस्तुति, प्यानल छलफल लगायत विभिन्न कार्यशालाहरुको पनि आयोजना गरिने उपाध्यक्ष श्रेष्ठले बताउनुभयो। सम्मेलनको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले गर्नुहुने उहाँले बताउनुभयो।









































