धनुषा, 24 अगस्त 2021
प्रदेश २ को धनुषा जिल्ला मिथिलाविहारी नगरपालिका-५ ललिया गाउँमा छोराले आफ्ना बुवा र श्रीमतीको हत्या गरेको छ। ५५ वर्षीय बुवा रामवृक्ष मण्डल र ३५ वर्षीया श्रीमती अमरिकादेवी मण्डललाई हत्या भएको आरोपमा ४० वर्षीय भागेन्द्रकुमार मण्डललाई(भागेश्वर) पक्राउ गरेको धनुषा प्रहरी प्रमुख एसपी प्रकाश रानाभाटले जानकारी दिए।
जानकारीअनुसार घरमा विवाद हुँदै आएको भन्ने छ एसपी नाराभाटले नागरिकसँग भने,‘अनैतिक सम्बन्धको कुराहरु पनि आइरहेको छ, हामी सबै पाटो केलाउँदै छौं।’
प्रहरीले दुबै जनाको शव मण्डलको घरदेखि करिब एक सय मिटर उत्तर आँपको बगैचामा खाल्डोमा गाडेको अवस्थामा फेला पारेको थिए। घटनाको जानकारी आउने वित्तिकै प्रहरीले आरोपी भागेन्द्रलाई पक्राउ गरेको छन। भागेश्वरले मंगलबार छरछिमेकलाई आफ्नो बुबा र श्रीमीती बेपत्ता भएको बताएका थिए। त्यसपछि स्थानीयले खोजबिन गर्दा घर छेउकै आँपको बगैचामा पुरेको जस्तो आलो माटो देखेपछि प्रहरीलाई खबर गरिएको हो। भागेन्द्र करिब १० वर्षदखि वैदेशिक रोजगारमा थिए। चार महिना पहिला उनी रोजगारीबाट घर फर्केका थिए। भागेन्द्रको तीन वर्षको छोरा र चार वर्षको छोरी छिन्। घटनापछि गाउँमा त्रास र आक्रोशको माहोल छ।









































