HomeFeature जनकपुर उड्नै लागेको बुद्ध जहाजले यति जहाजलाई दियो ठक्कर

 जनकपुर उड्नै लागेको बुद्ध जहाजले यति जहाजलाई दियो ठक्कर

काठमाडौं,२० जनवरी २०२०

जनकपुर उड्नै लागेको बुद्ध एयरको जहाजले सोमबार बिहान यति एयरको जहाजलाई छोएको छ ।

त्रिभुवन विमानस्थलमा जहाजको चापका कारण पार्किङ क्षेत्रमा पटक पटक यस्तो घटनाहरु दोहोरिन थालेका छन् ।
सोमबार (बिहान) ८ बजे जनकपुर उड्नै लागेको बुद्ध एयर जहाज ट्याक्सी (वेबाट धावनमार्गतर्फ जाँदै थियो । सोही क्रममा जहाजले पार्किङ वेमा राखिएको यति एयरलाइन्सको जहाजसँग ठोक्किएको थियो ।

‘ कुनै क्षति देखिदैन,’ बुद्धका एक अधिकारीले भने, ‘तर, एक जहाजले अर्को जहाजलाई छुनासाथ त्यो जहाजले उडान गर्न पाउँदैन ।’
उनका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीले निरिक्षण गरी पास गरेपछि मात्र जहाज उडाउन पाइन्छ ।
त्यसपछि जनकपुर उडान केहीबेर रोकिएको थियो । बुद्धले अर्को जहाज आइसकेपछि जनकपुर उडान नियमित गरेको छ ।

धेरै जहाज र साँघुरो संरचना भएपछि अहिले त्रिभुवन विमानस्थलमा जहाजहरु छोइने र ठोक्किने क्रम बढेको विमानस्थल प्रशासन बताउँछ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...