HomeFeatureजनतालाई सुनिश्चित गर्न सामुदायिक रेडियोहरुको महत्वपूर्ण भूमिका : प्रधानमन्त्री झलनाथ खनाल

जनतालाई सुनिश्चित गर्न सामुदायिक रेडियोहरुको महत्वपूर्ण भूमिका : प्रधानमन्त्री झलनाथ खनाल

काठमाडौँ, १३ फरवरी, २०२०
पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफ्ना हक अधिकारका विषयमा जनतालाई सुनिश्चित गर्न सामुदायिक रेडियोहरुले महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ ।

नवौँ विश्व रेडियो दिवसको अवशमार आयोजित कार्यक्रममा बोल्नै खनालले सूचनाको हक, समानताको हक, लोकतान्त्रिक हकको सन्र्दभमा व्यापक प्रचार प्रसार गरी जनतालाई सुनिश्चित बनाउन भूमिका खेलेको बताउनुभएको हो । प्रेस स्वतन्त्रताको सुनिश्चितताका लागि आफुले निर्वाह गर्नुपर्ने भूमिकाका लागि प्रतिवद्ध रहेको उल्लेख गर्दै नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता समेत रहनुभएका खनालले राष्ट्रियताको सवालमा देशभक्तिको भावना विकास गर्न पनि सामूदायिक रेडियो भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

खनालले नेपालका संविधानले सम्पूर्ण नेपालका लागि आवश्क हक अधिकार सुनिश्चित गरेको, देश, जनता, सभ्यता, संस्कृति, स्रोत साधनप्रति माया गर्न सिकाएको र परीवर्तनका सबै ढोकाहरु खोलेको उल्लेख गर्नुभयो । विश्वमै उत्वकृष्ठ रहेको संविधान आफैमा पूर्ण नभएपनि विकासमान डकुमेन्ट्री भएकाले यसलाई आवश्यकता अनुसार परिमार्जन र परिस्कृत गर्दै लैजानुपर्ने उहाँले बताउनुभयो ।

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले नेपालमा दण्डहिनता बढेको बताउनुभएको छ । सीमान्तकृत जातजातिका अधिकार अझै स्थापना गर्न नसकिएको, छुवाछुतको अन्त्य गर्न नसकिएको र जनताले पूर्णकालिन न्याय पाउन नसकेको उल्लेख गर्नुभयो । २०६२ सालमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन भएको भएपनि २०७६ सम्म आइपुग्दा समेत पदाधिकारी चयनमै विवाद रहेको बताउनुभयो । ऐन बनाएर आयोग गठन नगर्दा यो समस्या आएको उहाँको भनाई छ ।

नेपाली कांग्रेसकी नेतृ पुष्पा भूसालले महिला, दलित जनजाति, पीछडिएका समूदायका अधिकार संविधानमा उल्लेख भएपनि व्यवहारमा लागु हुन नसकेको बताउनुभयो । संविधानले दिएका अधिकारहरुको स्थापनाका लागि सामूदायिक रेडियोहरुको भूमिका महत्वपूर्ण हुने उहाँले बताउनुभयो ।

सामुदायिक रेडियो प्रशारक संघले विश्व रेडियो दिवसका अवशरमा रेडियो र विविधता विषयक अन्तरक्रिया कार्यक्रम गरेको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...