HomeFeatureजनताले विश्वास गर्ने कुनै कुराहरु नीति तथा कार्यक्रममा छैनः नेता यादव

जनताले विश्वास गर्ने कुनै कुराहरु नीति तथा कार्यक्रममा छैनः नेता यादव

काठमाण्डौँ, 18 मई 2020

समाजवादी पार्टीका नेता महेन्द्रराय यादवले सरकारले ल्याएको नीति तथा कार्यक्रममा कोरोना संकट समाधानका लागि ठोस कुराहरु नआएको बताउनुभयो। प्रतितिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा माग दिँदै उहाँले जनताले विश्वास गर्ने कुनै पनि कुराहरु नीति तथा कार्यक्रममा नरहेको बताउनुभयो। प्रदेशलाई अधिकार विहिन बनाएर उल्लेख गर्दै उहाँले अहिलेको संकटबाट जनतालाई कसरी बचाउने, अर्थतन्त्र कसरी जोगाउने भन्ने विषयमा नीति कार्यक्रममा केही उल्लेख नभएको बताउनुभयो। कोरोना महामारीबाट प्रभावित क्षेत्रका विशेष राहतका प्याकेज ल्याउन माग गर्दै यादवले कालापानी, लिपुलेक, लिम्पियाधुराका विषयमा मौसमी राष्ट्रवाद देखाएको बताउनुभयो। नेपालको एक इन्च भूमि पनि मिच्न नदिने कुरामा सबै एक ठाउँमा हुँदा पनि सरकारले समस्या सामाधान गर्न नसकेको उहाँले बताउनुभयो।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र प्रसाद लिङ्देनले मान्छेको ज्यान गएपछि मात्रै कोरोना संक्रमण पुष्टि हुनु दुःखद भएको बताउनुभएको छ। नेपालमा अहिलेमा 2 जनाले कोरोनाका कारण ज्यान गुमाएको उल्लेख गर्दै उहाँले ज्यान गएपछि मात्रै स्वास्थ्य परीक्षण गर्नु र कोरोना पुष्टि हुनु दुःखद भएको बताउनुभो। भारत लगायत विभिन्न मुलुकमा रहेका नेपालीहरु उद्धारका लागि याचना गरिरहेपनि सरकारले अहिलेसम्म कुनै योजना अघि नसारेको उहाँले बताउनुभयो। नेपाली अतिक्रमित भूमि समेटेर नक्सा सार्जजनिक गर्ने विषयको स्वागत गर्दै उहाँले आफ्नो देशको नक्सा सार्वजनिक गर्न चीन वा भारतलाई सोध्नुपर्छ भनने पराधिन मानसिकता भएको बताउनुभयो। सांसद लिङ्देनले 2046 सालपछिका सबै उच्च पदस्थ कर्मचारी र नेताहरुको सम्पत्ति छानबिन गर्ने प्रतिवद्धता नीति तथा कार्यक्रममै समावेश गर्न आग्रह गर्नुभयो। अनुत्पादक र फजुल खर्च नियन्त्रण गर्ने तर्फ सरकारको ध्यान जान नसकेको उल्लेख गर्दै लिङदेनले बालविकास शिक्षक र विद्यालय कर्मचारीको सेवा सुविधालाई बजेटमा समावेश गर्न आग्रह गर्नुभयो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...