जाजरकोट भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १३८ पुग्यो, १६६ घाइते
काठमान्डौ,4 नोभेम्बर 2023
जाजरकोट भूकम्पमा मृत्यु हुनेको संख्या १३८ पुगेको छ । नेपाल प्रहरीका अनुसार जाजरकोटमा १०० जना र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको छ ।
यद्यपि स्थानीय तहहरुले संकलन गरेको विवरण केही बढी पनि देखिएको छ । नेपाल प्रहरीले दिउँसो २ बजेसम्म संकलन गरेको विवरण अनुसार घाइतेको संख्या १६६ छ । जसमध्ये जाजरकोटमा ८१ र रुकुमपश्चिममा ८५ रहेका छन् ।









































