काठमाडौं, 28 अगस्त 2021
बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको निधन भएको छ । शुक्रबार राति एक्कासी बिरामी भएका, नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको मृत्यु भएको हो । ब्लड प्रेसर घटेपछि शुक्रबार साँझ ६ बजे अस्पताल पुर्याइएका यादवको राति एक बजे निधन भएको हो । अध्यक्ष यादवको शव बिहान घर लगिएको छ । यसअघि उनी गाउँ विकास समितका उपाध्यक्षसमेत भएका थिए । उनको निधनले पार्टी र सिंगो जिल्लाले अभिभावक गुमाएको जनाएको छ ।









































