HomeFeatureजिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा विगतको भन्दा बढी चाप

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा विगतको भन्दा बढी चाप

काठमाण्डौँ, 14 अप्रेल

सरकारले घोषणा गरेको लकडाउनका कारण अधिकांश सरकारी कार्यालयहरु सुनसान देखिएपनि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा विगतको भन्दा चाप बढेको छ।  विश्वव्यापी बनेको कोरोना महामारीको कारण अत्यावश्यक सेवा बाहेकका कार्यालयहरु बन्द रहेपनि सरकारी वकिल कार्यालयमा भने विगतको भन्दा कामको चाप बढेको हो। पक्राउ पूर्जी जारी गर्नुपर्ने, म्याद थप, बन्दी प्रत्यक्षीकरणका मुद्दाहरुको सुनुवाई लगायतका कामहरु लक डाउनको समयमा पनि जारी रहेको सरकारी वकिल कार्यालयका सह महान्यायधीवक्ता हरी प्रसाद रेग्मीले बताउनुभयो। कुनै पनि व्यक्तिलाई 25 दिन भन्दा बढी समय अनुसन्धानका लागि थुनामा राख्न नपाइने, एक पटक एक हप्तालाई मात्रै म्याद गप गर्न सकिने जस्ता विषयमा बैकल्पिक व्यवस्था नभएकाले जोखिममा पनि काम गर्नुपर्ने बाध्यता रहेको उहाँको भनाई छ।

सर्वोच्च अदालतको ‘फुल कोर्ट’ ले केही समयका लागि केही सेवाहरु बन्द गर्ने निर्णय गरेपनि बन्दी प्रत्यक्षीकरण, प्रहरी प्रशासनलाई कानूनी सल्लाह दिने र लक डाउनको समयमा उलंघन गरी दुव्र्यवहार गर्ने अभियुक्तका सन्दर्भमा मुद्दाहरु नियमित रुपमा सुचारु रहेको उहाँले बताउनुभयो। अदालतसँगको लिखित जवाफ लेख्नुपर्ने, बहसमा उपस्थित हुनुपर्ने, बालबालिकाका थुनामा रहेको मुद्दाको हकमा बाल सुधार वा अन्य निवेदनहरुको हकमा अदालतमा जानुपर्ने सेवाका सन्र्दभमा काम नियमित सूचारु रहेको उहाँले बताउनुभयो। चैत 28 गतेबाट अभियोग पत्र लिने निर्णय लिनेसँगै अन्य सेवाहरु सूचारु भएपनि म्याद थपको विषयमा वैकल्पिक व्यवस्था हुन नसक्दा 20 दिनदेखि थन्किएका 1 सय भन्दा बढी मुद्दाहरु एकै दिन दर्ता गर्नुपर्ने बाध्यता आइलागेको उहाँले बताउनुभयो।

सरकारले सेवालाई सिमित गर्दै निश्चित कर्मचारीले सेवा दिन सक्ने वातावरण बनाउन सकेमात्रै लक डाउनको औचित्य हुने उहाँको भनाई छ। सरकारले आफुहरुले दिने सेवालाई गम्भिर रुपमा नलिएको आरोप लगाउँदै सह न्यायधीवक्ता रेग्मीले दिनदिनै आएर काम नगरे हदम्याद जाने, व्यक्तिले न्याय नपाउने र अभियुक्त छुटेर जाने सम्भावना रहेको बताउनुभयो। कि सरकारले पूर्ण रुपमा लक डाउन गर्नुपर्ने नभए सहज वातावरण निर्माण गरिदिनुपर्ने उहाँको भनाई छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...