HomeFeatureजुम्लामा बसपार्क निर्माण भएको वर्षौ बितिसक्दा पनि सन्चालनमा नआउँदा यात्रुलाई सास्ती

जुम्लामा बसपार्क निर्माण भएको वर्षौ बितिसक्दा पनि सन्चालनमा नआउँदा यात्रुलाई सास्ती

जुम्ला, ४ फरवरी २०२०, हिम शाह
कर्णाली प्रदेशको जुम्ला कारागार नजिक करोडौको लगानीमा नयाँ बसपार्क निर्माण भएको वर्षौ बितिसक्यो । बसपार्क निर्माण भएको २,३ वर्ष बितिसक्दा पनि सन्चालनमा आएको छैन । सवारी एकै ठाउँबाट नछुट्दा यात्रुले सास्ती भोगीरहनु परेको छ ।
जुम्लामा संचालन हुने तथा ठुला यात्रुवाहक सवारीका लागि सुविधा सम्पन्न देखि फराकिलो बसपार्क बनाउँदा पनि संचालनमा नआउँदा यात्रुले कष्ट पाएका छन् ।
पटक पटक छलफल गर्दा पनि बसपार्क संचालनको विषय टुंगो नलाग्दा यातायात क्षेत्रमा मनपरी चलेको छ । चन्दननाथ नगरपालिका, प्रशासन, ट्राफिक कार्यालयले यातायात व्यवसायीलाई बसपार्कबाटै सवारी छुटाउन आग्रह गरेपनि यातायात व्यवसायीले अटेरी गर्दा संचालनमा नआएको बुझिएको छ ।
नयाँ बसपार्क संचालन नहुँदा मनपरी भाडा असुल्ने, बजारका कुना कुनामा काउन्टर खोल्ने, दुर्घटनाको जोखिम बढेको छ ।
टेण्डर भयो, संचालन भएन
निर्माण सम्पन्न नयाँ बसपार्क संचालनमा नआएको विषयमा टिकाटिप्प्णी भएपछि चन्दननाथ नगरपालिकाले टेण्डर आह्वान गर्यो । जुन टेण्डर मुगुको रारा छाँयानाथ यातायात प्रालीले पायो । टेण्डर पाएको दुई महिना बढी भईसक्दा पनि रारा छाँयानाथ यातायात प्रालीले बसपार्क संचालनमा ल्याउन सकेको छैन् । बसपार्कमा पानी, बत्ती, टेलिफोन, बस्ने चौतारी निर्माण नभए सम्म संचालन नगर्ने माग गरेको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...