HomeFeatureसुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा विपन्न परिवारहरूका लागि एकीकृत नमुना वस्ती बन्ने

सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा विपन्न परिवारहरूका लागि एकीकृत नमुना वस्ती बन्ने

कञ्चनपुर, 4 फरवरी 2020/ हिम शाह

सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लाका तीन स्थानीय तहले आवासविहिन विपन्न परिवारका लागि नमुना एकीकृत वस्ती निर्माणको प्रकृया अघि बढाएका छन्। वेदकोट नगरपालिका, भीमदत्त नरगपालिका र महाकाली नगरपालिकाले एकीकृत वस्ती निर्माणको प्रकृया अगाडी बढाएका हुन्। विपन्न,  भूमिविहिन र दलित समूदायलाई लक्षित गरी राष्ट्रिय मुक्त हलिया समाज र हेविटाट नेपाल नामक गैरसरकारी संस्थाको साझेदारीमा वस्ती निर्माण कार्य अघि बढाइएको हो। ती संस्थाहरुले प्राविधिक सहयोगसहित प्रति घर निर्माणका लागि 1 लाख रुपैयाँ सहयोग प्रदान गर्ने जानकारी दिइएका छन्। वेदकोट नगरपालिकामा विपन्न परिवारका लागि 48 वटा घर निर्माण हुने भएको छ। जसका लागि विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार गरिएको छ।

आवास निर्माणका लागि तराई मधेश समृद्धि कार्यक्रमको 50 लाख, सांसद नरबहादुर धामीको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत 45 लाख रुपैयाँ रकम खर्च गरिने साझेदारी संस्था राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुका अध्यक्ष शिवी लुहारले जानकारी दिनुभयो।  उहाँका अनुसार आवास निर्माणको कुल लागतको 10 प्रतिशत रकम नगरपालिकाले ब्यरोर्ने छ।

यसैगरी भीमदत्त नगरपालिकमा 70 वटा घर निर्माण हुने भएको छ। जसका लागि प्रदेश सरकारको 30 लाख, सांसद ड. दीपक प्रकास भट्टको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गतको 50 लाख र नगरपालिकाले 20 लाख रुपोयाँ लगानी गर्ने सम्झौता भएको छ।

महाकाली नगरपालिकामा सांसद भट्टको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गतको 50 लाख, तराई मधेश समृद्धि कार्यक्रमको 25 लाख र नगरपालिकाको 79 लाख रुपैयाँ लागतमा आवास निर्माण हुने समाजका अध्यक्ष लुहारले जानकारी दिनुभयो।

आवास निर्माणमा प्रदेश सरकारको पनि सहयोग हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...