दिल्ली, 28 जनवरी 2023
भारतको पूर्वी राज्य झारखण्डको एक निजी अस्पतालमा आगलागी हुँदा डाक्टर दम्पतीसहित ६ जनाको मृत्यु भएको छ। धनवाद जिल्लाको बैंकमोर क्षेत्रमा रहेको हाजरा अस्पतालमा शुक्रबार राती करिब १ बजेतिर आगो सल्केको थियो । डाक्टरको शव बाथटबमा फेला परेको छ । आफूलाई बचाउन उनी पानीको टबमा बसेको बताइएको छ । आगलागीको कारण खुल्न नसकेको तर प्रारम्भिक अनुसन्धानपछि प्रहरीले स्टोर रुमबाट आगलागी भएको हुन सक्ने बताएको छ । डाक्टर आफ्नो परिवारसहित क्लिनिकको पहिलो तल्लामा बस्थे। दुर्घटनामा डाक्टर दम्पती, उनकी कामदार, डा हाजराका भतिजासहित ६ जनाको निसास्सिएर मृत्यु भएको हो। सबैको शव विभिन्न कोठाबाट निकालिएको छ । आगलागी हुँदा सबैजना सुतिरहेका थिए ।









































