काठमाडौं, 28 जनवरी 2023
सर्वोच्च अदालतको आदेशले पदमुक्त भएका निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको समर्थनमा माइतीघरमा शान्तिपूर्ण प्रर्दशन गरेका छन् । सर्वोच्च अदालतले शुक्रबार पदमुक्त गरेका लामिछानेको समर्थनमा आज शनिवार बिहान पुकार बम, तारा बराल, शोम शर्मा लगायतका समर्थकहरुले माइतीघरमा प्रदर्शन गरेका हुन् । पुनः जारी नगरेर पुरानै नागरिकता अनुसार प्रतिनिधि सभाको निर्वाचन लडेका लामिछानेको नागरिकता अवैध भएको सर्वोच्च अदालतले फैसला गरेपछि उनको मन्त्री र सांसद पद एकै पटक गएको छ । माइतीघरमा लामिछानेको पक्षमा नारा समेत लगाएका थिए ।









































