दार्जीलिङ, 4 जनवरी 2020 / कयेश अंसारी
दार्जीलिङ पहाडको उच्च भेगमा यस सिजनको पहिलो हिमपात भएको छ । टाईगर हीलमा गएराति परेको हिँउका कारण तापमान शून्यभन्दा तल झरेको थियो । दार्जीलिङ घुम्न आएका पर्यटकहरुले आज विहानैदेखि हिँउ परेको स्थानमा पुगेर आन्नद लिएका छन । यद्धपी टाइगर हीलमा धेरै हिँउ नपरेपनि पर्यटकहरुलाई रमाउनका लागि हिँउ पर्याप्त मात्रामा रहेको थियो ।

टाईगर हीलमा हिँउ परेको हेर्न आएका अधिकाँश पर्यटकहरु मुम्बई, झारखण्ड र कोलकातालगायतका ठाँउका रहेका थिए । पर्यटकहरुसँग कुरा गर्दा उनिहरुले हिँउ देख्न पाँउदा आफुहरुलाई भाग्यमानी सम्झिएको बताएका छन । “यद्धपी कम मात्रामा हिँउ थियो तर हामीहरुले मज्जाले आन्नद लिएका छौं” उनिहरुले भने ।

अहिले टाईगर हीलको तापमान 1 वा 2 डिग्री सेल्सियस रहेको छ र अझै तल झर्ने अनुमान गरिएको छ । क्षेत्रमा अझै हिँउ पर्ने सम्भावना व्यक्त गरिएको छ । टाईगर हील र सन्दकपुरमा भएको हिमपातका कारण चिसो बढ्दा टाउनमा पनि मानिसहरुको संख्या निकै कम देखिएको छ ।









































