HomeFeatureटी–ट्वान्टी क्रिकेट: नेपाल एपीएफ क्लबद्वारा लगातार दोस्रो जित

टी–ट्वान्टी क्रिकेट: नेपाल एपीएफ क्लबद्वारा लगातार दोस्रो जित

काठमाडौं, 11 जनवरी 2022

पीएम कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल एपीएफ क्लबले लगातार दोस्रो जित दर्ता गरेको छ । समूह ‘बी’ अन्तर्गत टियु क्रिकेट मैदानमा बागमती प्रदेशलाई ७ विकेटले पराजित गर्दै एपीएफले दोस्रो जित दर्ता गरेको हो । जीतसँगै एपीएफले दुई खेलबाट चार अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार बागमतीले दिएको १ सय २६ रनको लक्ष्य एपीएफले १८ दशलमब ४ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । यस अघि पहिले ब्याटिङ गर्दै बागमतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २५ रनको योगफल तयार पार्न सफल भयो । त्यस्तै समूह ‘ए’ अन्तर्गत टियु क्रिकेट मैदानमा विभागिय टोली त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गर्दै पुलिसले लगातार दोस्रो जित दर्ता गर्यो । खेलमा जितका लागि चाहिएको १ सय ३८ रनको लक्ष्य पुलिसले १८ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मी निर्धारित ओभरको एक बल बाँकी छदा १ सय ३७ रनमा अलआउट भएको थियो । त्यस्तै समूह ‘ए’ अन्तर्गत मुलपानी क्रिकेट मैदानमा प्रदेश नं १ लाई ३१ रनले पराजित गर्दै कर्णाली प्रदेशले पहिलो जित दर्ता छ ।  कर्णालीविरुद्ध १ सय २१ रनको लक्ष्य पछ्याएको प्रदेश १ ले १७ दशमलब ५ ओभरमा अलआउट हुदै मात्र ८९ रन जोड्न सक्यो । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २० रन जोड्यो । त्यस्तै मंगलबार नै भएको अर्को खेलमा  प्रदेश नं २ ले पहिलो जित दर्ता गरेको छ ।  समूह ‘बी’ अन्तर्गत मुलपानी क्रिकेट मैदानमा गण्डकी प्रदेशलाई २ विकेटले पराजित गर्दै प्रदेश २ ले पहिलो जित हात पारेको हो ।  १ सय १७ रनको लक्ष्य प्रदेश २ ले १८ दशमलब १ ओभरमा ८ विकेट गुमाएर पुरा गर्यो । यस अघि टस जितेर पहिले ब्याटिङ गर्दै गण्डकीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १६ रन जोड्यो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...