HomeFeatureटी–ट्वान्टी क्रिकेट फाइनलमा नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिष्पर्धा हुने

टी–ट्वान्टी क्रिकेट फाइनलमा नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिष्पर्धा हुने

काठमाडौं, 18 जनवरी 2022

पीएम कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिष्पर्धा हुने भएको छ । मंगलबार भएको सेमिफाइनलमा बागमतीलाई हराउदै पुलिस फाइनलमा पुगेको हो भने आर्मीलाई हराउदै एपीएफ पनि फाइनलमा पुग्न सफल भएको हो । टियु क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनलमा पुलिसले बागमती प्रदेशलाई ५० रनले पराजित गर्यो । जितका लागि १ सय ५६ रनको लक्ष्य पछ्याएको बागमतीले निर्धारित ओभरमा ८ विकेट गुमाउदै १ सय ५ रनमा सिमित भएपछि पुलिसको जित सुनिश्चित भएको हो । बागमतीका लागि आदिल खानले सर्वाधिक २७ रनको योगदान गरे । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५५ रन जोड्यो । त्यस्तै दोस्रो सेमिफाइनल अन्तर्गत टियु क्रिकेट मैदानमा अर्का विभागिय क्लब त्रिभुवन आर्मीलाई ४७ रनले पराजित गर्दै एपीएफ फाइनलमा प्रवेश गरेको हो । एपीएफले दिएको २ सय ३१ रनको विशाल लक्ष्य पछ्याउने क्रममा आर्मी १ सय ८३ रनमै सिमित भयो । आर्मीले ९ विकेट गुमायो । आर्मीका लागि राजेश पुलामीले २१ बलमा सर्वाधिक ३८ रन जोडे ।  यस अघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको एपीएफले निर्धारित २० ओभरमा २ विकेट गुमाउदै २ सय ३० रन जोड्यो । फाइनल खेल बुधबार हुने छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...