HomeFeatureटुटेको छैन नेकपा स्थायी समिति सदस्यहरुको विश्वास, भन्छन नेकपा भित्रको विवाद समाधान...

टुटेको छैन नेकपा स्थायी समिति सदस्यहरुको विश्वास, भन्छन नेकपा भित्रको विवाद समाधान हुन्छ

काठमाण्डौ, 17 डिसेम्बर 2020

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का स्थायी कमिटी सदस्यहरुले आगामी स्थायी कमिटी बैठकबाट नेकपा भित्रको विवाद समाधान हुने विश्वास व्यक्त गरेका छन् । पार्टीको विवाद सचिवालयमा समाधान हुन नसकि स्थायी कमिटीमा आएको भन्दै स्थायी कमिटी सदस्यहरुको जोड पार्टी एकतालाई जोगाई विधि, पद्दति र प्रणालीमा लैजाने रहेको बताएका छन् । नेकपा स्थायी कमिटी बैठक चलिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएसँगै नेकपा भित्रको विवाद अझ उत्कर्षमा पुगेको छ  । नेकपा स्थायी कमिटी सदस्य देवेन्द्र्र  पौडेलले बुधबारको स्थायी कमिटी बैठकमा पनि पार्टी एकतालाई फुटबाट जोगाउँदै एकताबद्ध बनाएर लैजाने मत नै प्रमुख रुपमा आएको बताउनु भयो । आगामी स्थायी कमिटी बैठकमा दुवै अध्यक्षले प्रस्तुत  गरेको प्रतिवेदनलाई छलफल गरी आन्तरिक समस्या हल गर्दै पार्टी र सरकारको कामलाई प्रभावकारी बनाउनु पर्नेमा केन्द्रीत हुनुपर्ने उहाँको जोड  छ । स्थायी कमिटीले विवाद समाधानमा पहलकदमी  लिनेतर्फ अघि बढेको उहाँको भनाई छ ।

स्थायी कमिटी सदस्य गणेश शाहले पार्टीको जारी विवादलाई अध्यक्षद्वयले मात्रै समाधान गर्न नसक्ने भन्दै स्थायी कमिटी बैठक लामो समयसम्म राखेर भएपनि समस्या समाधान गरेरै छाड्नुपर्ने बताउनुभएको छ । फुटपरस्त गतिविधिलाई निरुत्साहित गर्नुपर्ने उहाँको भनाई छ । पार्टीले पहिले गरेका सबै निर्णयको इमान्दारीतापुर्वक कार्यान्वयन र छिट्टै महाधिवेशनमार्फत पार्टी नेतृत्व चयन गर्नु नै निकास रहेको उहाँको तर्क छ ।

नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले बुधबारको स्थायी कमिटी बैठकमा पार्टीका अध्यक्षद्धयले प्रस्तुत गरेको प्रतिवेदनमा छलफल गर्ने तयारी रहेपनि अचानक अध्यादेश प्रकरण आएकोले छलफल विषयान्तर भएको बताउनुभयो । प्रतिवेदन माथि छलफल गरिने र आगामी बैठक पछि निचोड निकाल्ने उहाँको भनाई छ । आगामी स्थायी कमिटी बैठकपछि पार्टी विवाद समाधानको निष्कर्षमा पुग्ने र केन्द्रीय कमिटीमा लैजाने नेता शाक्यको भनाई छ । नेकपाले स्थायी कमिटी बैठक पौष ५ गते र केन्द्रीय कमिटी बैठक पौष १० गते बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...