HomeFeatureट्रिप्परको ठक्करबाट कञ्चनपुरमा हुनेवाला बेहुली मृत्युपछि प्रेमीले लेखे भावुक स्टाटस

ट्रिप्परको ठक्करबाट कञ्चनपुरमा हुनेवाला बेहुली मृत्युपछि प्रेमीले लेखे भावुक स्टाटस

कञ्चनपुर, 24 जनवरी 2020

कञ्चनपुरको महेन्द्रनगरमा बस्दै आएकी रमिता भट्टको यही माघ 13 गते प्रकाश टेरसँग विवाह हुँदै थियो। डेढ वर्ष अघि बैतडीको गुरुखोला स्थायी घर भई कञ्चनपुरको भीमदत्त नगरपालिका गोबरीया बस्दै आएकी ब्राह्मण परिवारकी छोरी रमिता भट्ट (रोशनी) र कञ्चनपुरका क्षेत्री परिवारका छोरा प्रकाश टेरबीच भागी विवाह भएको थियो। भागेर विवाह गरेपनि दुवै पक्षका परिवारले उनीहरूलाई स्वीकारेका भने थिएनन्। कारणबस रमिताले प्रकासको नामको सिन्दुर हालेकी थिइनन्। भागी विवाहको डेढ वर्षपछि दुवै पक्षको परिवारको सहमतीमै माघ 13 गते विवाह गर्ने निधो भयो। प्रकास र रमिताको लागि योभन्दा खुशीको दिन सायदै अरू कुनै दिन थियो होला। विवाह नजिकिदैँ थियो उनिहरू धुमधामका साथ तयारीमा जुटेका थिए।

तर त्यो खुशी धेरै टिक्न सकेन। बुधवार आफ्नै विवाहको कार्ड बाँडिरहेकी रमितालाई कञ्चनपुरस्थित भीमदत्त नगरपालिका–4 महेन्द्रनगरको चम्मन चौराहमा से 1 क 887 नम्बरको ट्रिप्परले ठक्कर दियो। ठक्करपश्चात् उनको घटनास्थलमै मृत्यु भयो। अहिले रमितासंग भागी विवाह गरेका प्रकास टेर सबैभन्दा पीडामा छन्। उनले फेसबूकमा भावुक स्टाटस लेखेका छन्। बिहेको लागि रातो साडी खरिद गरेको भन्दै उनले बिहेको साडी र सिउँदोमा सिन्दुर सजिएको हेर्ने सपना रहेको बताएका छन्। प्रकाशले आफू पनि छिट्टै आउने भन्दै रमितालाई पर्खिन आग्रह गरेका छन्।

हेर्नुहोस् स्टाटस….

तेरो लागि रातो साडी ल्याइदिएको छु नि बूढी । पर्सि हाम्रो बिहे हो, कहाँ गाछस् छिटो आइज न । मेरो एक चिम्टी सिन्दुरको लागि तैँले आफ्नो फ्यामिली, लाइफ सब छाडेर मेरो साथ दिइस्, तर मलाई बीचमै छोडेर किन गइस् भन् त । एक्लै यत्रो लामो बाटो कसरी हिँडु म हम् ? कति सपनाहरू थिए, तैँले किन धोका दिइस् । मैले भनेको होइन तलाईं केही हुनुभन्दा पहिला म नै नरहुँ भनेर ? तँ अगाडि किन गइस् मलाई छाडेर ? म एक्लै के गरौं, कहाँ जाऊँ भन् त ? आइज न बिहे गरौंला नि ! यो बिहेको साडीमा मेरो सिन्दुर तेरो सिउँदोमा हेर्ने सपना छ मेरो । म नि छिट्टै आउँछु तँ सँगै बूढी, नभुलेस् है मेरो वेट गरेस् । चखेवाको जोडी जस्तै थियो नि हाम्रो माया अब एक गएपछि अर्को आफैँ आउँछु ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...