HomeFeatureठमेलका व्यवसायीहरुको माग

ठमेलका व्यवसायीहरुको माग

काठमाडौं, 31 अगस्त 2021

काठमाडौं ठमेलका व्यवसायीले निर्वाध रुपमा व्यवसाय गर्ने वातावरण बनाउन माग गरेका छन् । ठमेलमा रहेका घरधनी, व्यवसायी तथा कर्मचारीहरु सबैले कोभिड १९ विरुद्धको खोप लगाइसकेको भन्दै उनीहरुले सो माग गरेका हुन । कोभिड १९ संक्रमणका कारण जारी गरिएको निषेधाज्ञाले काठमाडौंको प्रमुख व्यापारिक केन्द्र ठमेललाई पनि असर पुर्याएको छ । रात्रिकालीन व्यवसाय ठप्पप्रायः छ । ठमेलमा दिवा तथा रात्रिकालीन व्यवसाय गर्न नपाउँदा घरधनी, पर्यटन व्यवसायी, मजदुर तथा कर्मचारीहरु विस्थापित हुनुपर्ने अवस्था आएको भन्दै व्यवसायीहरुले निर्वाध रुपमा व्यवसाय सञ्चालन गर्न दिन माग गरेका हुन् । ठमेलका घरधनी, व्यवसायी तथा मजदुर सबैले कोभिड १९ विरुद्धको खोप लगाइसकेको भन्दै जनस्वास्थ्यको मापदण्ड पालना गरी व्यवसाय पूर्ण रुपमा सञ्चालन गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौं, सिसीएमसीमा समेत ज्ञापनपत्र बुझाइसकिएको ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष भविश्वर शर्माले बताउनुभयो । उहाँले निषेधाज्ञा अघिको समयमा जस्तैगरी व्यवसाय गर्न पाउनुपर्ने आफुहरुको माग रहेको बताउनुभयो ।केही दिनभित्रै सहज वातावरण बनाइदिन व्यवसायीले माग गरेका छन् । सम्बन्धित निकायले ठमेलको मागलाई सम्बोधन नगरे ठमेल क्षेत्रका सम्पूर्ण व्यवसायीहरु आन्दोलनमा जान बाध्य हुने परिषद्का उपाध्यक्ष शर्माले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...