HomeFeatureडा बाबुराम भट्टराइ : नेतृत्वसंग दीर्घकालिन सोच र दृष्टि हुनुपर्ने

डा बाबुराम भट्टराइ : नेतृत्वसंग दीर्घकालिन सोच र दृष्टि हुनुपर्ने

काठमाडौँ, ६ मार्च, २०२०
पुर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले नेतृत्वसंग दीर्घकालिन सोच र दृष्टि हुनुपर्ने बताउनुभएको छ ।
होटल एम्बासेडोरले शुक्रबार काठमाण्डौमा गरेको कार्यक्रममा पुर्व प्रधानमन्त्री भट्टराईले अरुले गरेकै काम गर्ने लिडर नहुने र लिडरले अरुले भन्दा परसम्म देख्न सक्ने क्षमता राख्नुपर्ने बताउनुभएको हो । उहाँले धरैलाई मन पर्छ भनेर लोकप्रिय कुरा गर्ने मान्छेहरु कहिलेही पनि सफल लिडर बन्न नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो“लिडर भनेको अरुले भन्दा परसम्म देख्ने हो र अरुले भन्दा पहिले देख्ने हो । अरुले गरिसकेको काम गर्ने, त्यो लिडर होइन । हामी कहाँ के छ भने, धेरैलाई मन पर्छ भनेर पपुलिष्ट कुरा गर्छन् । त्यो लिडरै होइन । लिडर भएर अनपपुलर कुरा गर्न सक्नुपर्छ । सही,साईन्टिफिक कुरा र देश र समाजलाई हित हुने कुरा गर्न सक्नुपर्छ । ”

आफु प्रधानमन्त्री भएको बेला काठमाण्डौ उपत्यकालाई एक आधुनिक शहरमा परिर्वतन गर्ने महत्वकांक्षा सहित सडक विस्तारका लागि गरेको निर्णय चौतर्फी विरोधका बाबजुत पनि सही निर्णय भएको स्मरण गर्दे उहाँले नेतृत्वले जहिले पनि समाज र राष्ट्रहित हुने निर्णय गर्न सक्नुपर्ने बताउनुभयो । साँघुरा सडकलाई विस्तार गरी ट्राफिक जाम अन्त्य गर्नुको साथै शहरलाई सुन्दर बनाउने आँकाक्षा सहित गरेको निर्णयले होटल एम्बासेडोरलाई पनि नोक्सानी पुर्याएपनि अहिले पुर्नसंचना पछि झन राम्रो स्वरुपमा आएको भन्दै उहाँले त्यस कार्यलाई ‘क्रियटिभ डिस्टक्सन’ को संज्ञा दिनुभयो ।

भट्टराई प्रधानमन्त्री भएका बेला कंलकी,त्रिपुरेश्वर, कोटेश्वर हुदै तिलगंगासम्म, त्रिपुरेश्वर, लाजिम्पाट, महाराजगञ्ज हुदै बुढानिलकण्ठ जाने बाटो र कमलपोखरी हुदै विमास्थल जाने बाटो विस्तारको समयमा यस होटलको केही भाग भत्काउनु परेको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...