HomeFeatureअपर तामाकोशीको काममा ढिलाई सैह्य हुँदैन:प्रधानमन्त्री केपी शर्मा ओली

अपर तामाकोशीको काममा ढिलाई सैह्य हुँदैन:प्रधानमन्त्री केपी शर्मा ओली

काठमाण्डौं, 15 अप्रैल 2021

प्रधानमन्त्री केपी शर्मा ओलीले अपर तामाकोशीको काममा भइरहेको ढिलाई सैह्य नहुने बताउनुभएको छ । बिहीबार नापी कार्यालयबाट अनलाइन प्रणाली नेलिस तथा मेरो कित्ता मार्फत सेवा प्रवाहको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अपर तामाकोशीको काममा अस्वभाविक रुपमा ढिलाइ गरिएको भन्दै यस्तो ढिलासुस्ती सैह्य नहुने बताउनुभएको हो । अपर तामाकोशीको काममा दैनिक १३ करोड रुपैँया नोक्सान भइरहेकाले काम किन ढिलो भइरहेको छ भन्नेमा आफुले विशेष रुची बढाउनुपर्ने आवश्यकता रहेको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो । काममा ढिलासुस्ती भएमा ढिलासुस्ती गर्नेले नै त्यसको क्षतिपुर्ति बेहोर्नुपर्ने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो अत्यन्तै अस्वभाविक ढङ्गले अपर तामाकोशीको काममा ढिलाई गरिएको छ । मैले यसतर्फ विशेष ध्यान राख्नुपर्ने, रुची बढाउनुपर्ने जस्तो देखेको छु । अपर तामाकोशीको काममा जुन ढिलासुस्ती छ त्यो अस्वभाविक, असाधारण छ । लगभग एक वर्षदेखि म एउटै कुरा सुनिराख्या छु एउटा सानो मेसिन त्यहाँ जडान गर्नुछ । त्यति राख्न दिनमा प्रत्यक्ष पाँच करोड त्यसमा नोक्सान भइराख्या छ । परोक्ष भन्ने हो भने १३ करोड दैनिक नोक्सान भइराख्या छ । केही मान्छेहरुको यो ढिलासुस्ती हो या अरु केही हो त्यो हेर्नपर्ने भएको छ । यस्तो विलम्ब ढिलासुस्ती अब सैह्य, अब मान्य हुन सक्दैन ।

प्रधानमन्त्री ओलीले देशमा खाद्यान्नको अभाव नहुनेगरी उत्पादन भएको भएपनि गलत आनिबानीका कारण खाद्य सङ्कट पर्ने गरेको बताउनुभयो । भूमि समस्यालाई समाधान गर्न र कृषिलाई व्यवसायिक रुपमा अगाडी बढाउन सरकार लागेको पनि बताउनुभयो । नेपालले खाद्य वस्तु अन्य देशमा निर्यात गर्नुपर्नेमा उहाँको जोड छ । दुई/तीन वर्ष भित्रमा नेपालबाट खाद्यान्न निर्यात गर्नेगरी काम अगाडी बढाएको पनि बताउनुभयो । विगत वर्षहरुदेखि व्यापार असन्तुलनलाई कम गर्दै लगेको बताउँदै प्रधानमन्त्री ओलीले आगामी दिनमा व्यापार असन्तुलन हुन नदिने पनि उल्लेख गर्नुभयो ।

 उहाँले भन्नुभयो अलिकति हाम्रो आनिबानीमा सुधार गर्नुपर्ने छ । खाद्यबस्तु हामीलाई पुग्नेगरी हाम्रो देशमा उत्पादन छ तर हाम्रो गलत बानिका कारणले खाद्यवस्तु हामीलाई पुगिराखेको छैन । खाद्यान्न पुग्या छैन । खाद्य सामाग्री पुग्या छैन । अलिकति हाम्रा आनिबानी परिवर्तन गर्यौँ भने हामीलाई ति कुराहरुपनि पुग्छ । हामी भूमिलाई कसरी व्यवस्थित गर्ने भन्ने सम्बन्धमा हामीले भूमि आयोग निर्माण गरेका छौँ । त्यसले अब जमिन एकातिर, धनी पुर्जा एकातिर, बसोबास एकातिर यसप्रकारको स्थितिलाई अन्त्य गरेर त्यसले सुकुम्बासी समस्या, अव्यवस्थित बसोबासको समस्या, देखिने अनेक प्रकारका समस्याहरु जो भूमि सम्बन्धी समस्याहरु छन् तिनीहरुलाई समाधान गर्न कम्मर कसेर लागेको छ । अर्को भूमि आयोगले काम अगाडी बढाउने छ । कृषिको आधुनिकिकरणको सम्बन्धमा हामीले प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम त्यस अन्र्तगत अनेक सुपरजोन, जोन, पकेट आदी यस्ता क्षेत्र तोकेरै एउटा ड्राइभ गर्न खोजेका छौँ । माछा, मासु, दुध, अण्डामा आत्मनिर्भर भइसक्याछौँ । अलिकती ध्यान पुर्याए सागसब्जीमा आत्मनिर्भर हुन सक्छौँ । खाद्यवस्तुमा सम्पूर्ण रुपमा आत्मनिर्भर हुन सक्छौँ । त्यस दिशामा हामी तत्काल जान जरुरी छ । हाम्रो जस्तो उर्वर देश, हाम्रो जस्तो जमिन यस्तो मेहनती देश खान लाउन पनि नपुग्ने हाम्रो उत्पादन हुन सक्छ ? यो अत्यन्तै हाम्रो निम्ति अशोभनीय । हाम्रो निम्ति सुहाउँदै नसुहाउने कुरा हो । त्यसकारण यो नसुहाउने कुरा हामीले अन्त्य गर्नुपर्दछ । हामी खाद्यान्न, खाद्यवस्तुका निर्यातक देश हुनुपर्दछ । आयातक होइन । हामीले आयात गर्ने कुरा केही वर्ष भित्र छोटो अवधिमै अन्त्य गर्नुपर्दछ । मैले दुईतीन वर्ष भित्रै यी कुराहरुलाई अन्त्य गर्ने सोचिरहेको छु । यस अनुसार काम हामी विभिन्न ढङ्गले गरिरहेका छौँ । हाम्रो व्यापार असन्तुलन जो भयावह छ । त्यसलाई विगत केही वर्षदेखि क्रमशः घटाउँदै आएका छौँ र हरेक वर्ष ग्यापलाई अलिक न्यारोडाउन गर्ने काम गर्दै आएका छौँ । अब व्यापार असन्तुलनलाई थप असन्तुलन हुन दिदैनौँ हामी । त्यसलाई सन्तुलनतिर लैजान्छौँ ।

प्रधानमन्त्री ओलीले अन्य कुराहरुमा निर्यातमा जोड दिएपनि लगानी र प्रविधि भने आयत गर्ने बताउनुभयो । कृषिको क्षेत्रमा आत्मनिर्भर हुन सके अन्य विभिन्न क्षेत्रमा आत्मनिर्भर हुने बाटो खुल्ने भन्दै उहाँले कृषिको आधुनिकिकरण र व्यवसायिकरणमार्फत आत्मनिर्भर हुन जोड दिनुभयो ।

उहाँले भन्नुभयो हामी लगानी आमन्त्रण गर्छौ । टेक्नोलोजी पनि हामी ल्याउँछौँ । अरु कुराहरु हामी धेरै आयातमा रुची राख्दैनौँ तर अहिलेसम्म हाम्रो आयात यतिधेरै छ कि आत्मनिर्भरतातर्फ हामीले जानुपर्ने छ । यस सन्दर्भमा हामी कमसेकम कृषिको क्षेत्रमा, जमिनको उपयोगको क्षेत्रमा यी क्षेत्रहरुमा आत्मनिर्भर हुन सक्यौँ भने आत्मनिर्भरताको सुरुवात अरु क्षेत्रहरुमा पनि हुन्छ । कृषिको आधुनिकिकरण भयो भने, कृषिको व्यवसायिकरण भयो भने त्यसले साइडमा कृषि आधारित उद्योगहरुपनि खोल्छ । साना, मझौला, घरेलु उद्योगहरु खुल्छ । प्रशोधन उद्योगहरु खुल्छ । चिस्यानका सेन्टरहरु खुल्छ । कामको अवसर थप सृजना गर्छ । यसको असर उत्पादन र उत्पादन वृद्धिमा मात्रै हुँदैन । सेवा प्राप्त गर्ने वा सेवा उपलब्ध गराउने, सेवा प्रदायकको सजिलोका लागि मात्रै होइन उत्पादन उपादकत्व वृद्धि र ठुलो मात्रामा उत्पादन वृद्धि गर्ने । त्यतापट्टि अब देश जादैछ । त्यहाँपट्टि अब देश लान चाहीरहेका छौँ ।

प्रधानमन्त्री ओलीले कोरोना संक्रमण बढ्दो अवस्थामा रहेकोले सजग र सचेत हुनका लागि सबैलाई आग्रह समेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...