HomeFeatureतीनै तहको निर्वाचन एकै पटक हुनुपर्छ: नेपाल

तीनै तहको निर्वाचन एकै पटक हुनुपर्छ: नेपाल

काठमाडौं, 26 जनवरी 2022

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तीनै तहको निर्वाचन एकै पटक हुनुपर्ने बताउनुभएको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष नेपालले मुलुकको खर्च जोगाउनका लागि भएपनि तीनै तहको निर्वाचन एकै पटक गर्नुपर्ने बताउनुभएको हो । एकै पटक निर्वाचन गरे उम्मेद्वारको पनि खर्च कम हुने उहाले बताउनुभयो । उहाले संविधानलाई सर्वोपरी राखेर कानूनअनुरुप नै निर्वाचन हुनुपर्नेमा आफुहरुको जोड रहेको जिकिर गर्नुभयो । अध्यक्ष नेपालले राष्ट्रियसभा निर्वाचनमा सवै सीट गठबन्धन दलले जित्ने दावी पनि गर्नुभयो । राष्ट्रियसभाको निर्वाचनको परिणामले तरंग पैदा गर्ने उहाको भनाई छ । त्यस्तै उहाले केपी ओली अल्पमतमा पर्ने भएपछि संसद बिघटन गरेको र त्यसपछि बाध्यताले प्रधानमन्त्री पद छोड्न बाध्य भएको जिकिर गर्नुभयो । अध्यक्ष नेपालले केपी ओलीमा व्यक्तिवाद हावी भएको र पार्टीलाई गुटको आधारमा सञ्चालन गरेकाले आफुहरुले विद्रोह गर्नुपरेको बताउनुभयो । उहाले पछिल्लो समय समाजवादीमा प्रवेश गर्नेको लहर नै चलको बताउनुभयो । कार्यक्रममा बिभिन्न पार्टीबाट आएका कार्यकर्तालाई समाजवादी प्रवेश गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...