त्रिभुवन विमानस्थलबाट भन्सार पास भइसकेको अवस्थामा फेरि सुन बरामद
काठमाडौं, 12 सेप्टेम्बर 2023
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि करिब १ किलो सुन बरामद भएको छ । भन्सार जाँचपास भएर बाहिर आइसकेको अवस्थामा प्रहरीले सुन बरामद गरेको हो ।

सुनसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेको नाम प्रहरीले सार्वजनिक गरेको छैन । उक्त सुन विदेशबाट विमानमार्फत् आएको स्रोतले बतायो । त्यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









































