HomeFeatureत्रिमूर्ति निकेतनद्वारा लेखनाथ पौड्याल पुरस्कार गोविन्दराज विनोदीलाई प्रदान

त्रिमूर्ति निकेतनद्वारा लेखनाथ पौड्याल पुरस्कार गोविन्दराज विनोदीलाई प्रदान

काठमाडौं, 4 जून 2022

त्रिमूर्ति निकेतनले लेखनाथ पौड्याल पुरस्कार गोविन्दराज विनोदीलाई प्रदान गरेको छ । त्रिमूर्ति दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाली भाषासाहित्यमा समर्पित विनोदीलाई लेखनाथ पौड्याल पुरस्कार प्रदान गरेको हो । त्यस्तै कार्यक्रममा बालकृष्ण सम पुरस्कार मिथिला शर्मालाइ र शैलेन्द्र साकारलाई देवकोटा काव्य पुरस्कार प्रदान गरियो । तीनै पुरस्कारको राशी रु १ लाख रुपैया रहेको छ । त्यसैगरी २५ हजार रुपैया राशिको  ‘भद्र घले पदक’ तारानाथ दाहाल र प्रा डा उषा ठाकुरलाई प्रदान गरिएको थियो । त्यस्तै शताव्दी पुरुष सत्यमोहन जोशीको उचाई अभिबृद्धिका लागि समर्पित भएको भन्दै ५८ जनालाई सत्यमोहन जोशी शताब्दी पदक प्रदान गरिएको छ । कार्यक्रममा महासमालोचक प्रा डा वासुदेव त्रिपाठीले त्रिमूर्ति निकेतनका विविध विधाका पुरस्कार प्रदान गर्नुभएको थियो । सत्यमोहन जोशी शताब्दी पदक यसअघि २ सय २६ जनाले पाइसकेका छन् । नेपाली भाषासाहित्यका विभूतित्रय कविशिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाको सम्मानमा स्थापित त्रिमूर्ति निकेतन स्थापना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...