काठमाण्डौ, 12 अगस्त 2021
१५ हजार ४६२ नमूना परीक्षण गर्दा ३,२६० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा विभिन्न प्रयोगशालामा परीक्षण गराएका १५ हजार ४६२ नमूनामा यो संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। १० हजार ८०६ नमूनाको पीसीआर र ४६ सय ५६ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गराइएको थियो। जसमध्ये पीसीआरबाट २४ सय ७३ जनाको र ७८७ जनाको एन्टिजेन विधिबाट संक्रमण देखिएको हो। यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ३२ जनाको निधन भएको छ। यो सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार २१२ पुगेको छ। मन्त्रालयका अनुसार बिहीबार २२ सय ९४ जनाले कोरोना जितेका छन्। पछिल्लो २४ घन्टामा ५६ हजार ८५३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। मन्त्रालयका अनुसार हालसम्म ३८ हजार १८० जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।









































