HomeFeatureदक्षिण एसियाली स्तरका प्रतियोगितामा महिला राष्ट्रिय टोली एसियन कप–२०२२ छनोट खेल्दै

दक्षिण एसियाली स्तरका प्रतियोगितामा महिला राष्ट्रिय टोली एसियन कप–२०२२ छनोट खेल्दै

काठमाण्डौं, 26 अगस्त 2021

दक्षिण एसियाली स्तरका प्रतियोगितामा खेल्दै आएको नेपाली महिला राष्ट्रिय टोलीले असोजमा एएफसी महिला एसियन कप–२०२२ छनोट खेल्दै छ । दक्षिण एसिया बाहेक विरलै मात्र अन्तर्राष्ट्रिय खेल खेल्ने नेपाली टोलीले छनोट खेललाई अनुभव सगाल्ने सुनौलो मौकाको रुपमा लिएको छ । बलिया प्रतिद्वन्द्वी भएपनि राम्रा नतिजाका लागि खेल्ने लक्ष्यका साथ टोलीले तयारी गरेको छ । उज्वेकिस्तानमा हुने एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीले अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा तयारी गरिहेको छ । मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले मंगलबार घोषणा भएका २३ खेलाडीलाई समेट्दै तयारीलाई तिब्रता दिइरहेका छन् । त्यसो त टोलीमा अनुभवी खेलाडी सावित्रा भण्डारी भने हुने छैनन् । घुँडाको शल्यक्रिया गर्न कतारमा रहेकी सावित्रा भण्डारी विना टोली राम्रो नतिजाका निकाल्ने लक्ष्यका साथ मिहिनेत गरिहेको हो । नेपाली टोलीलाई पहिलो पटक विदेशी प्रशिक्षकले प्रशिक्षण गराइरहेका छन् । सिमित खेलाडीबाट घोषणा भएको टोलीले छनोट खेलमा राम्रो नतिजा निकाल्नेमा प्रशिक्षक ग्यारी फिलिप्स आत्मविश्वासी देखिन्छन् । नयाँ र अनुभवि खेलाडीको संयोजन भएको तथा दैनिक रुपमा खेलाडीहरुको प्रशिक्षणको क्रममा सुधार देखिएकाले छनोट खेल राम्रो गर्ने प्रशिक्षक फिलिप्सले बताए ।दक्षिण एसियाली स्तरका प्रतियोगितामा खेल्दै आएको नेपाली महिला राष्ट्रिय टोलीले छनोट खेल हङकङ र फिलिपिन्ससँग खेल्न लागेको हो । जुन नेपाली टोलीका लागि अनुभव बटुल्ने ठूलो मौकाको रुपमा हेरिएको छ । नयाँ र अनुभवि खेलाडीको संयोजन रहेको टोलीमा सबैसँग जोश भएकाले राम्रो गर्ने कप्तान रेनुका नगरकोटीले बताइन ।मुख्य प्रशिक्षक फिलिप्सले घोषणा गरेको टोलीमा ६ नयाँ खेलाडीले राष्ट्रिय टोलीमा मौका पाएका छन् । नयाँ अनुहारमा मिडफिल्डर प्रिती राई, फरवार्ड रश्मी घिसिङ, सबिता राना, रजनी थोकर, डिफेन्डर सृजना सिंह र निशा थोकर पहिलो पटक राष्ट्रिय टोलीमा अटाएका छन् । उमेर समूहका प्रतियोगितामा कप्तानी सम्हाली सकेकी प्रिति राईले पहिलो पटक राष्ट्रिय टोलीमा अटाउँदा मिहिनेतको फल प्राप्त भएको प्रतिक्रिया दिइन् । क्लब र राष्ट्रिय टोलीमा अटाउनु फरक भएको भन्दै प्रितिले छनोट प्रतियोगितामा शत प्रतिशत दिएर खेल्ने बताइन् । पहिलो रोजाईमा पर्ने उनको विश्वास छ । यस्तै अर्की खेलाडी सुरु लिम्बूले विदेशी प्रशिक्षकले फिटनेस सँगै बल पोसेसन राखेर खेल्न प्रेरणा दिएको बताइन् ।छनोट प्रतियोगिता सुरुमा नेपालमा तय भए पनि कोरोना महामारीका कारण तटस्थ स्थल उज्वेकिस्तानमा सारिएको हो । नेपालले नेपालसँगै समूहमा हङकङ र फिलिपिन्स रहेका छन् । उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपालले पहिलो खेल फिलिपिन्ससँग असोज २ गते र दोस्रो खेल हङकङसँग असोज ५ गते प्रतिस्पर्धा गर्नेछ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कपमा सहभागिता जनाउने मौका पाउनेछ । एसियन कप अर्को वर्ष जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुँदै छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...