Homeमुख्य समाचारदक्षिण कोरियामा विद्यार्थी कामदार पठाउने ढोका खुल्दै

दक्षिण कोरियामा विद्यार्थी कामदार पठाउने ढोका खुल्दै

दक्षिण कोरियामा विद्यार्थी कामदार पठाउने ढोका खुल्दै

काठमाडौं,7 नोभेम्बर 2023

नेपाल र दक्षिण कोरिया बीच भएको दुई देशको कृषि विकास सहकार्य कार्यक्रमको समझादारीमा युवा कृषि उद्यमी र कृषि पढेका विद्यार्थी पठाउने भएको छ ।

नेपाल र दक्षिण कोरिया बीच भएको दुई देशको कृषि विकास सहकार्य कार्यक्रमको समझादारीमा युवा कृषि उद्यमी र विद्यार्थी पठाउने विषय समेटिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

हाल इजरायलमा कृषि स्नातक विद्यार्थी जाने गरेका थिए । सोही कार्यक्रमका लागि इजरायल गएका १० जना विद्यार्थी गत महिना हमास विद्रोहीको निशानामा परी ज्यान गुमाए भने एक जना अझै बेपत्ता छन् ।इजरायलको कार्यक्रम युद्धका कारण प्रभावित भएपछि वैकल्पिक गन्तव्यको रुपमा सरकारले दक्षिण कोरिया छनोट गरेको हो ।

‘कृषि विषयमा स्नातक सकेका नेपाली विद्यार्थी र युवा कृषि उद्यमीलाई बढीमा २ वर्षसम्मका लागि कृषिमै सिक्दै र कमाउँदै कार्यक्रममा लैजान सक्ने विषय दुई देश बीच भएको १६ कात्तिकको समझदारीमा समेटिएको छ,’ समझदारीको खाका बनाएका मन्त्रालयका उपसचिव डालप्रसाद पुडासैनीले भने, ‘इजरायलमा यस्तो कार्यक्रम प्रभावित भएपछि नयाँ विकल्पको रुपमा दक्षिण कोरियालाई लिइएको हो । समझदारीको कार्यान्वयन सुरु भएपछि नेपालीहरु दक्षिण कोरिया जान सक्छन ।’

मन्त्रालयकाअनुसार दक्षिण कोरियासँग भएको कृषि विकास समझदारीमा दुई प्रकारका प्रशिक्षार्थी कामदार पठाउने मोडलको प्रस्ताव गरिएको छ ।

जसमा नेपालमा नयाँ ढंगबाट कृषि उद्यममा काम गरिहेका युवा कृषि उद्योगी र कृषिमा स्नातक पढेका विद्यार्थी रहेको मन्त्रालयले जनाएको छ ।कृषिमा दक्षिण कोरियाले गरेको विकासबाट सिकेर नेपालमा यसको प्रयोगका लागि यस्तो कार्यक्रम अघि सारिएको मन्त्रालयले जनाएको छ ।

प्रारम्भिक सहमतिमा समझदारी गरेको दक्षिण कोरियाले यसको विस्तृत सम्झौता भने केही समय पछि गर्नेछ ।कृषिमा सिक्दै कमाउँदै कार्यक्रमका लागि जानेहरुको प्रक्रिया यसअघि कोरियाले लैजाने गरेको ईपीएस प्रणाली भन्दा फरक हुने मन्त्रालयले जनाएको छ ।

दुई देश बीचको सहयोग र सहकार्यमा कृषि तथा पशुपन्छी विकासको क्षेत्रमा विषेश गरी संरक्षित कृषि, उच्च मूल्य जाने कृषि उपजको उत्पादन, प्रशोधन र बजारीकरण, दुग्ध व्यवसाय लगायतका क्षेत्रमा थप कार्य गर्न सकिने समझदारीमा भनिएको छ ।कृषि पूर्वाधारहरुको विकास, तालिम केन्द्र निर्माण, कृषि बजार विकासमा सहकार्य गर्न सकिनेछ ।

कृषि क्षेत्रसँग सम्बन्धित प्राविधिक मानव संशाधन, युवा उद्यमीहरुको क्षमता अभिवृद्धि गर्ने, नेपाली कृषि स्नातक विद्यार्थाी तथा युवा कृषकहरुको कोरिया राम्रो गन्तव्य बनाउने, नेपालमा विशेषगरी कृषि र पर्यटनको विशेषज्ञता तथा सहयोग समझादारीमा उल्लेख छ ।

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...