HomeFeatureदसैं सुरु भएसँगै काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुको चाप

दसैं सुरु भएसँगै काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुको चाप

काठमाडौं, 11 अक्टूबर 2021

दसैं सुरु भएसँगै काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुको चाप बढेको छ । दशैंको टीकाको दिन नजिकिंदै जादा काठमाडौं छाड्नेहरुको संख्या ह्वात्तै बढेको हो । काठमाडौंबाट बाहिरिनेहरुको चाप बढेसँगै यहाँका मुख्य सडक अस्तव्यस्त भएका छन् ।  यात्रुले भरिभराउ लामो दूरीका सवारी साधन काठमाडौंबाट छुट्न थाल्दा जाम नै भएको छ । काठमाडौंबाट बाहिरिने मुख्य नाकाहरु कलंकी, बल्खु, कोटेश्वर, बालाजु लगायतका क्षेत्रमा घर फर्किनेहरुको सोमबार बिहानैदेखि ठूलो भीड लागेको छ । शिक्षा, रोजगारी तथा व्यवसायिक कामले घर बाहिर रहेकाहरु दशैंमा आफ्नै गाउँ फर्कने गरेका कारण काठमाडौंबाट बाहिरिनेहरुको भीड बढेको हो । कोरोना महामारीको जोखिमकै बीच पनि मानिसहरु काठमाडौं उपत्यका लगायतका सहरबाट घर फर्किरहेका छन् । स्वदेश तथा विदेशमा रहेकाहरु घर फिर्तीले आफन्तजनको अनुहार मात्रै होइन गाउँघर नै उज्यालो बनाउने गर्दछ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...