दार्जिलिङ, १८ मार्च, २०२०
दार्जिलिङको कालेबुङमा एक नेपाली मृत अवस्थामा भेटिएका छन् ।
उदयपुरका ३१ वर्षीय गोविन्द राउत मंगलबार बिहान दार्जिलिङको कालेबुङमा मृत अवस्थामा भेटिएका हुन् । मंगलबार बिहान कालेबुङको अप्पर हरिजन रोडमा लडिरहेको देखेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए ।
स्थानीयको खबरपछि पुगेको कालेबुङ प्रहरीले उनको मृत्यु भएको बताएको थियो । प्रहरीले शवको खनाखतपछि पोस्र्टमार्टमका लागि अस्पताल पठाएको छ । प्रहरीले उनको अत्याधिक मदिरा सेवनका कारण मृत्यु भएको हुनसक्ने अनुमान गरेको छ । उदयपुरका रावत केही वर्षदेखि कालेबुङ क्षेत्रमा मजदुरी गर्दै आएको बताइएको छ ।









































