HomeFeatureदार्जीलिङमा मुख्यमन्त्री ममता बनर्जीको वृहत रैली, आफु रहेसम्म कसैलाई नडराउन आग्रह

दार्जीलिङमा मुख्यमन्त्री ममता बनर्जीको वृहत रैली, आफु रहेसम्म कसैलाई नडराउन आग्रह

दार्जीलिङ, 22 जनवरी/ कयेश अंसारी
नागरिकता संशोधन कानून (CAA), आसाम सरकारले लागु गरेको राष्ट्रीय नागरिकता पंजीकरण (NRC) र नागरिकता जनसंख्या पंजीकरण (NPR) को विरोध गर्न दार्जीलिङ पुग्नु भएको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीलाई व्यापक जनसमर्थन मिलेको छ । दार्जीलिङको 3 दिने भ्रमणमा रहनु भएकी मुख्यमन्त्री बनर्जीले आज गरेको रैली प्रदर्शनमा हजारौको संख्यामा मानिसहरुको उपस्थिति रहेको थियो । विभिन्न साँस्कृतिक पोशाकमा रहेका मानिसहरुलाई मुख्यमन्त्रीले आफु रहेसम्म कसैले डराउनु पर्ने आवश्यकता नरहेको बताउनुभयो । रैली शुरु हुनुअघि दार्जीलिङ र कालिमपोङमा CAA र NRC लागु हुन नदिने भन्दै शपथ ग्रहण गरिएको थियो । शपथ ग्रहण समारोहमा टीएमसी, बिनय खेमाको गोर्खा जनमुक्ति मोर्चा, विभिन्न विकास बोर्ड र समूदायहरुले भाग लिएका थिए । मोटर स्टेशनमा पुगेर सभामा परिणत भएको रैलीमा बोल्दै मुख्यमन्त्री बनर्जीले CAA विरुद्ध दार्जीलिङ पहाडको आवाज देशका अन्य भागमा पुग्नुपर्ने र पहाड बीजेपीसँग लड्न तयार हुनुपर्ने बताउनुभयो । उहाँले गोर्खा वा अन्य समूदाय देशका नागरिक भएकाले कसैले डराउन नपर्ने भन्नु भयो । उहाँले NRC को त्रासमा रहेको पश्चिम बंगालमा 30 भन्दा धेरैले आत्महत्या गरेको पनि बताउनुभयो । उहाँले यद्धपी आफुलाई दार्जीलिङबाट भोट नपाईए पनि आफु यहाँ उत्पन्न खतरनाक स्थितिमा उनिहरुको साथमा रहेको बताउनुभयो । उहाँले NPR का लागि आवश्यक आमा-बुवाको जन्ममिति आफुले पनि उपलब्ध गराउन नसक्ने भन्नुभयो । उहाँले बीजेपीले देशको अर्थव्यवस्था, रोजगारी, किसान समस्या जस्ता समस्यामा ध्यान नदिएको पनि आरोप लगाउनुभयो । मुख्यमन्त्रीले NRC र CAA फिर्ता नभएसम्म आन्दोलन जारी राख्न आग्रह समेत गर्नुभयो । भानु भवनबाट निस्केको रैली टाउनको परिक्रमा गर्दै मोटर स्टेशनमा पुगेर सभामा परिणत भएको थियो । उहाँले बिहीवार दार्जीलिङको मलमा आयोजित हुने नेताजी सुभाष चन्द्र बोसको जन्मजयन्ती समारोहमा पनि सहभागिता जनाउनु हुनेछ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...