काठमाडौं,२० जनवरी २०२०
उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले राजीनामा दिएकी छन् । कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुखमा अगिन सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको भोलिपल्ट संसद बैठक राखेर तुम्बाहङ्फले राजीनामा दिने घोषणा गरेकी हुन् ।
‘प्रतिनिधिसभामा बहुमत प्राप्त दलले प्रतिनिधिसभामा नेतृत्वको दावा गरेको अवस्थामा सहजिकरणका लागि मैले मार्गप्रशस्त गर्ने निष्कर्षमा पुगेको व्यहोरा सम्मानित सदन समक्ष निवेदन गर्न चाहन्छु ।’ लगतै संसद सचिवालयमा राजीनामा पत्र दर्ता गराएकी छन् ।
तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि तुम्बाहाङफेले सभामुखमा दाबी गरेकी थिइन् ।
सोमबार उपसभामुखबाट राजीनामा दिँदा पनि उनले सभामुखमा आफ्नो दाबी स्वभाविक भएको बताइन् । मेरा धारणाहरु कुनै अस्वभाविक महत्वकांक्षा या अनुचित आग्रहबाट प्रेरित थिएनन् भन्ने कुरामा म दृढ छु’ उनले भनिन् । आफ्नो दाबीबारे आएको प्रतिक्रियालाई नजिकबाट नियालिरहेको भन्दै उनले यसबारे समयले वस्तुनिष्ठ मुल्यांकन गर्ने विश्वास व्यक्त गरिन् ।
दिइन राजीनामा डा. शिवमाया तुम्बाहाङफले
सम्बधित | RELATED
ताजा समाचार | LATEST NEWS
रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका
काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका
काठमाडौं,15 नोभेम्बर 2023
राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...
राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने
राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...
भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै
भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...
अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद
अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...









































