दिल्ली, 10 फरवरी 2022
दिल्लीबाट उद्धार गरिएकी महिलालाई सकुशल नेपाल फिर्ता पठाइएको छ। दिल्लीस्थित नेपाली दूतावासको पहलमा दूतावास, दिल्ली महिला आयोग, दिल्ली प्रहरी र सामाजिक संस्था किन नेपालको पहलमा उद्धार गरिएकी महिलालाई सकुशल नेपाल फिर्ता पठाइएको हो । वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै नयाँ दिल्ली पुराएर बन्धक बनाइएकी महिलाको ४८ दिनपछि उद्धार गरिएको थियो । नेशनल लाईभ टिभीलाई मोडर्न इरा टूर एण्ड ट्राभल्सका प्रवक्ता खुम गुरुङले दिएको जानकारी अनुसार हिजो उनलाई निशुल्क सो ट्रावल्स मार्फत नेपाल पठाइएको छ।









































