HomeFeatureदिल्लीमा एकता मञ्चले भव्य रुपमा मनायो अन्तर्राष्ट्रिय नारी दिवस, उत्कृष्ट सांस्कृतिक कार्यक्रम...

दिल्लीमा एकता मञ्चले भव्य रुपमा मनायो अन्तर्राष्ट्रिय नारी दिवस, उत्कृष्ट सांस्कृतिक कार्यक्रम पनि

दिल्ली, 8 मार्च 2021

रोजगारीका लागि भारतमा रहेका नेपालीहरुले पनि महिलाहरुको सम्मान र उनिहरुको अधिकारका लागि 111 औं अन्तर्राष्ट्रिय नारि दिवस मनाएको छ । अखिल भारत नेपाली एकता मंच, दक्षिण पुर्वी नयाँ दिल्ली नगर समितिको आयोजनामा “महिला सुरक्षा , सम्मान, स्वदेशमै रोजगार! समृद्ध नेपालको मुल अधार!!” भन्ने मुलनाराका साथ वृहत रुपमा दिवस मनाइएको हो । दिल्ली एनसीआरका कयौं नेपालीहरुको उपस्थिति रहेको कार्यक्रममा विगतका वर्षहरुमा नारिहरुलाई सम्मानका साथ हेर्ने चेतना पलाएको भएपनि उनिहरुको हक अधिकारका लागि अझै चुनौतिहरु रहेको भनिएको थियो । समारोहमा बोल्ने अधिकाँश वक्ताहरुले समाज परिवर्तनको शिक्षा घर-घरबाटै शुरु हुने भएकाले आ-आफ्ना छोराछोरीलाई नैतिक शिक्षा दिन सकियो भने पनि समाज परिवर्तन हुने बताएका थिए । समारोहमा दिल्ली एनसीआरका विभिन्न स्थानबाट आएका महिलाहरुलाई विशेष सम्मान दिइएको थियो । समारोहमा बृहत जनसांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । कार्यक्रममा दिल्ली-एनसीआरका कलाकारहरुले सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए । विशेषगरि महिला कलाकारहरुले प्रस्तुत गरेको कार्यक्रमलाई दर्शकहरुले निकै मन पराएका थिए ।

 

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...