HomeFeatureदिल्लीमा थप एक साताका लागि लकडाउन बढ्यो, लकडाउनले पनि रोकेन संक्रमणको बढ्दो...

दिल्लीमा थप एक साताका लागि लकडाउन बढ्यो, लकडाउनले पनि रोकेन संक्रमणको बढ्दो क्रम

नयाँ दिल्ली, 1 मई 2021

दिल्लीमा एक साताका लागि फेरि लकडाउन बढाइएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले शनिवार साँझ एक ट्वीट गर्दै लकडाउन बढाइएको घोषणा गर्नु भएको छ । दिल्लीमा कोरोना महामारीको दोस्रो लहरपछि दोस्रो पटक एक हप्ताका लागि बढाइएको लकडाउन सोमबार सकिदैछ । त्यसअघि दिल्लीका मुख्यमन्त्री केजरीवालले 10 मेसम्म लकडाउन थप एक साताको लागि बढाएको घोणणा गर्नुभएको हो ।

दिल्लीमा महामारीलाई नियन्त्रण गर्न 2 सातादेखि लकडाउन लगाइएको छ । तर यस क्रममा कोभिड रोगीहरुको संख्या लगातार बढिरहेको छ । हिजो एकदिनमा दिल्लीमा 27 हजार नयाँ कोभिड संक्रमित थपिएका छन भने 375 जनाको मृत्यु भएको छ । दिल्लीमा पछिल्लो 24 घण्टामा 25 हजार 288 जना निको समेत भएका छन । दिल्लीमा गत 20 अप्रेलदेखि लकडाउम लागेको छ । हिजो दिल्लीका उपराज्यपाल अनिल बैजल पनि कोरोना संक्रमित हुनु भएको थियो । आज दिल्लीको एक नीजि अस्पतालमा अक्सीजन सकिएपछि 8 जनाले ज्यान गुमाएका थिए । पुरै भारतमा अहिले संक्रमण तीव्र रुपमा बढिरहेको छ । हिजो अहिलेसम्मकै सर्वाधिक 4 लाख 1 हजार 993 कोभिड रोगीहरु फेला परेका थिए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...