HomeFeatureदिल्लीमा नेपाली पुस्तकालयको स्थापना, नेपाली साहित्य र अङ्ग्रेजी भाषाका पुस्तक पढ्न पाईने

दिल्लीमा नेपाली पुस्तकालयको स्थापना, नेपाली साहित्य र अङ्ग्रेजी भाषाका पुस्तक पढ्न पाईने

नयाँ दिल्ली, 5 जनवरी

भारतको राजधानी दिल्लीमा रहेका नेपालीहरु विशेष गरि विद्यार्थीहरुको आवश्यकतालाई मध्यनजर गर्दै हातेमालो विद्यार्थी पुस्तकलायको स्थापना गरिएको छ । दिल्लीमा अध्ययनरत सि.ए विद्यार्थीहरुको छाता सङ्गठ्न हातेमालो नेपाली विधार्थी समुहले लक्ष्मीनगर स्थित जे.के. साह क्लासेजको हलमा एक औपचारिक कार्यक्रम गरि ‘हातेमालो विद्यार्थी पुस्तकालयको उद्घाटन गरेको छ । नेपाली साहित्य र अङ्ग्रेजी भाषाका पुस्तक समेटेर बनाइएको पुस्तकालय हातेमालो नेपाली विद्यार्थी समूहको कार्यलयबाट संचालन गरिएको छ ।

अहिले २०० वटा पुस्तक राखिएको पुस्तकालयबाट २५ रुपैयाँ तिरेर एक हप्ताका लागि पुस्तक पढ्न सकिने र ४०० रुपैयाँमा वार्षिक सदस्यता लिन सकिने कार्यक्रम संयोजक लक्ष्मण पजियारले जानकारी दिए।

नेपाली विद्यार्थीहरुमा पठन संस्कृतिको विकास अनि नेपाली भाषा, साहित्यको जगेर्ना गर्न पुस्तकालय महत्त्वपुर्ण भुमिका खेल्ने कार्यक्रमका अध्यक्ष रोशन यादव बताए । यादवले दिल्लीमा रहेर इच्छा हुँदाहुँदै पनि नेपाली साहित्य पढ्न नपाउने विडम्बना अब चिरिएको भन्दै नेपाली भाषामा बजारमा आएका जति नयाँ पुस्तक पुस्तकालयमा ल्याउने प्रयास भइरहेको पनि बताए।

पुस्तकालय स्थापना गर्ने मूल उद्धेश्यका साथ गठन भएको हातेमालो नेपाली विधार्थी समुहको एघारौं कार्यकालमा यो सपना साकार भएको समुहका सातौं कार्यकालका अध्यक्ष सुनिल बुढाथोकीले बताए ।

समारोहमा हातेमालो नेपाली विधार्थी समुहले नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धनको पनि काम गरिरहेको र पर्यटकहरुलाई नेपाल भ्रमणको लागि आह्वान गरेर संस्थाका कार्यकारी सदस्य विपल चौलागाईंले मन्तव्य दिएका  थिए ।

कार्यक्रममा हातेमालो नेपाली विधार्थी समुहको ६ कार्यकालका प्रतिनिधिहरु एकै ठाउँ उपस्थित भएको संयोग परेको मौका पारेर अनुभव र सुझावसहितको अन्तरक्रिया कार्यक्रम पनि गरेको थियो ।

संस्थाका अध्यक्ष रोशन कुमार यादवको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा युवा नेता सन्दिप राना प्रमुख अतिथि र सि.ए सुनिल बुढाथोकी विशिष्ट अतिथीका रुपमा उपस्थित थिए । उद्घाटन समारोह र अन्तरक्रीया गरि दुई भागमा गरिएको कार्यक्रममा करिब १०० जनाको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...