HomeFeatureदिल्लीमा पशुपतिनाथ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यसमिति बैठक सम्पन्न

दिल्लीमा पशुपतिनाथ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यसमिति बैठक सम्पन्न

नयाँ दिल्ली, 26 जनवरी 2020

भारतको राजधानी नयाँ दिल्लीमा पशुपतिनाथ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यसमिति बैठक सम्पन्न भएको छ। आईतबार नयाँ दिल्लीको विश्वकर्मा कलोनीस्थित संस्थाको कार्यालयामा सहकारी संस्थाको कार्यसमिति बैठक सम्पन्न भएको हो। दया कृष्ण गिरिले संचालन गर्नुभएको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष युवराज बरालले गर्नुभएको थियो।

कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष युवराज बरालले नेपाल, भोपाल, पन्जाब, दिल्ली एन.सी.आर.-मा बस्ने नेपालीहरूलाई वित्तीय सहयोग गर्ने तथा उनिहरूको बचत गर्ने बानीको विकास गर्ने उद्देश्यले पशुपतिनाथ बचत तथा ऋण सहकारी संस्थाको स्थापना गरिएको बताउनुभयो। संस्थाको वित्तीय प्रतिवेदन सुनाउदै उहाँले पछिल्लो दुई महिनामा संस्था आफ्ना सदस्यहरूलाई 2 लाख ऋण सहयोग गर्न सक्षम भैसकेको जानकारी दिनुभयो। अध्यक्ष बरालले संस्थाको सर्वाङ्गिण विकासको लागि सबैलाई आ-आफ्नो ठाउँबाट पहल गर्न अनुरोध गर्नुभयो। उहाँले कार्यक्रममा उपस्थितिको लागि सम्पूर्णलाई धन्यवाद दिनुभयो।

त्यस्तै महासचिव डाक्टर मोहन कार्कीले सहकारी संस्थाको स्थापनको लागि पहल पहिलेदेखि भएपनि विगत अक्टोबरबाट संस्थाले बैंकिङ्ग कारोबार सुरु गरेको जानकारी दिनुभयो। कार्यक्रममा सम्बोधन गर्दै डाक्टर कार्कीले संस्थामा 5 हजार, 10 हजार र 20 हजार गरि तीन प्रकारका शेयरहरू मार्फत लागनी गर्न सकिने बताउनुभयो। उहाँले भविष्यमा शेयरधनीहरूलाई लाभांश पनि वितरण गरिने भएकोले ढुक्क भएर संस्थामा लगानी गर्न अनि संस्थाको सदस्यता लिन आग्रह गर्नुभयो। उहाँले  केही पक्षहरूले संस्थालाई बदनाम गर्ने नियतले बैठक र सेमिनारमा पैसा खर्च हुने गरेको तर्क गर्दै के लाभांश दिन्छ होला? र के बचतको सुरक्षा होला? जस्ता प्रश्न गरिरहेको उल्लेख गर्नुभयो। महासचिव कार्कीले वर्तमानमा खर्चहरू आपसी योगदानबाट जुटाईरहेको बताउदै संस्थामा मासिक 20 जना सदस्य जोड्न सकेको खण्डमा सम्पूर्ण खर्चहरू सजिलै धान्न सकिने जानकारी दिनुभयो। उहाँले त्यस प्रकारका हल्ला र भ्रमको पछी नपर्न आग्रह पनि गर्नुभयो। उहाँले वर्षिक 3000 सदस्य जोड्ने योजना रहेको बताउनुभयो।

कार्यक्रममा संस्थाका महासचिव योगगुरु डाक्टर मोहान कार्की, सचिव रामबहादुर, कोषाध्यक्ष मनन शाह, कार्यकारी सदस्य टिकाराम शर्मालगायत दक्षिण एसियाली विश्वविद्यालयका प्रोफेसर डाक्टर युवराज पोखरेल, राम प्रसाद शर्मा, ओम प्रकाश शर्मा र अन्य विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...