दार्जीलिङ, 26 जनवरी 2020/ रूबेन गुरुङ
दार्जीलिङको सिलगढीमा प्रेम प्रधानकृत पुस्तक “उमेरको घाउ” विमोचन गरिएको छ। आज सिलगढीको दुर्गागढीस्थित दुर्गा जनकल्याण संगठनको दुर्गा मल्ल भवनमा नेपाली भाषा प्रचार-प्रसार समिति सिलगढीको तत्वाधनामा पुस्तक “उमेरको घाउ” विमोचन गरिएको हो। हरिश मोक्तान “अल्लारे”-द्वारा प्रकाशित सो कथा सङ्ग्रहको विमोचन समारोहको अध्यक्षता साहित्यिक पत्रकार युवराज काफ्लेले गर्नुभएको थियो।
समारोहमा प्रमुख अतिथिका रुपमा साहित्य अकादमी दिल्लीका नेपाली भाषा परामर्श समितिका संयोजक डा. जीवन नामदुङ आसिन हुनुहुन्थ्यो। समारोहमा डा. नरेश खाती, डा. कृष्णराज घतानी र मीमलाल सापकोटालगायतको पनि उपस्थिति रहेको थियो। कार्यक्रममा जय गुरूङ “क्याक्टस” तथा प्रा. तेजमान बराइलीले विमोचित पुस्तकमाथि आफ्नो विचार प्रस्तुत गर्नुभएको थियो।
सुकराज दियालीको प्रमुख संयोजकत्वमा सम्पन्न समारोहको संचालन मैतराज राणा र सुमित्रा “अविरल”-ले गर्नुभएको थियो।









































