HomeFeatureदिल्लीमा लकडाउनको मारमा परेका 2 नेपाली परिवारलाई नगद र खाद्यान्न सहयोग

दिल्लीमा लकडाउनको मारमा परेका 2 नेपाली परिवारलाई नगद र खाद्यान्न सहयोग

नयाँ दिल्ली, 25 जुन 2020, खुम गुरुङ

दिल्लीका मनकारी गुरुङ र आमा समूहले रोगका कारण थला परेर पारिवारको भरण-पोषण गर्न असमर्थ भएका एक परिवारलाई खाद्यान्न सहयोग गरेको छ । लकडाउन अघिदेखि टीबी र कलेजोको संक्रमणले ग्रस्त भएर बीएल कपुर अस्पतालमा उपचार गराइरहेका 43 वर्षीय गोविन्द गुरुङको परिवारलाई गुरुङ समूदाय र विशेषगरि आमा समूहको पहलमा परिवारलाई 3 बोरी चामल, 10 किलो आँटा, 5 किलो दाल, 5 किलो तेल, 4 किलो चिनी, 1 किलो नून, 1 किलो चियापत्ति लगायत 11 हजार 8 सय रुपैयाँ नगद हस्तान्तरण गरेको हो । जानकारीका अनुसार स्याङजाको वालिङ नगरपालिका, वडा नम्बर 3 सिगरकोट स्थायी घर भइ दिल्लीको करोलबागमा बस्दै आएका गोविन्द गुरुङ विरामी हुनुअघिनै उनकी पत्नीले नगद र गहना लगेर फरार भएकी थिइन । गुरुङका 3 छोरीहरु भएको र आफु पनि रोगले ग्रस्त भएकाले उनलाई आर्थिक समस्या भएको थियो । त्यसपछि वालिङ नगरपालिकाका मनकारी गुरुङ र आमा समूहले हिजो खाद्यान्न र आर्थिक सहयोग गरेको हो । यसअघि सोही परिवारलाई पहिलो पटक मेरी गुरुङको नेतृत्वमा पर्वत समाजले राहत सहयोग गरेको थियो ।

अर्को तर्फ मनकारी गुरुङ  र आमा समूहले दुर्घटनामा परेर खुट्टा फ्याक्चर भएर समस्यामा परेका प्युठान घर भएर दिल्लीको मुखर्जी नगरमा बसोबास गर्दै आएका यम बहादुर गुरुङलाई 1 बोरी चामल र 5 हजार नगद सहयोग गरेको छ । यम बहादुर कामका लागि राजस्थान गएका बेला गत 12 मई 2020 मा बलेरो गाडीको ठक्करले घाइते भएका थिए । यद्धपी उनलाई दुर्घटनामा क्षतिपूर्ति पाइएपनि लकडाउनका कारण उनलाई समस्या थपिएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...