HomeFeatureदिल्लीमा लकडाउन अवधि थप एक साताकालागि बढाइयो

दिल्लीमा लकडाउन अवधि थप एक साताकालागि बढाइयो

नयाँ दिल्ली, 25 अप्रिल 2021
भारतको राजधानी दिल्लीमा लगाइएको लकडाउन थप एक साताका लागि बढाइएको छ । कोरोनाभाइरस संक्रमित बढ्ने क्रम नरोकिएपछि आइतबार दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले एक हप्ताका लागि लकडाउन बढाउने घोषणा गरेका हुन् । दिल्लीमा लागू गरिएको लकडाउन सोमवार विहानबाट सकिदै थियो । गत साताको सोमबार एक हप्ताका लागि गरिएको लकडाउन कोरोना संक्रमण नियन्त्रणमा नआएपछि पुनः एक साता थप गरिएको हो । अक्सिनजको अभावका कारण सो क्षेत्रका कोरोना संक्रमितहरुले निक्कै सास्ती बेहोर्नु परिरहेको छ ।

दिल्लीमा कोरोना संक्रमणको दर करिब ३७ प्रतिशत पुगेको छ । केही स्थानमा अक्सिजन आपूर्ति गर्न नसकिएको स्वीकार गर्दै केजरीवालले केही दिनभित्रै अवस्था नियन्त्रणमा आउने दाबी गरे । दिल्लीमा दैनिक ७०० टन अक्सिजन आवश्यक पर्ने भए पनि अधिकतम ३३५ टन मात्र उपलब्ध भएको बताइएको छ ।

भारतमा एक दिनमा ३ लाख ४९ हजार ६९१ नयाँ संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या १ करोड ६९ लाख ६० हजार १७२ पुगेको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार आइतवार विहान २ हजार ७६७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएपछि भारतमा मृत्यु हुनेको संख्या १ लाख ९२ हजार ३११ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...