दिल्ली, 6 अगस्त 2022
दक्षिण पश्चिम जिल्लाको एन्टि स्न्याचिङ सेलले तीन नेपाली लुटेरालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपालका आशिष, दिपक र सञ्जय रहेका छन् ।
आरोपी दिल्लीको आरकेपुरमको पार्वतीया क्याम्पमा बस्दै आएका थिए । पक्राउ परेकाहरुको साथबाट प्रहरीले चोरीको मोबाइल, एक थान चेन र अपराधमा प्रयोग गरिएको स्कुटी बरामद गरेको छ ।
नेशनल लाइभ टी.भीलाई प्राप्त जानकारी अनुसार प्रहरी उपायुक्त मनोज सीका अनुसार मुनिरका गाउँका 37 वर्षीय लोकेश राठीले जनवरी 22 मा आफू पीभीआर साकेत मलको सुरक्षा अधिकृत भएको भन्दै उजुरी दिएका थिए ।
उनी गत जनवरी 20 मा दिउँसो 1 बजे पारिवारिक कार्यक्रमबाट ओला ट्याक्सीमा घर फर्कदै थिए । ट्याक्सीबाट उनी मुनिरका फ्लाईओभरमा ओर्लिएर पैदलै घर जाँदै थिए ।
फ्लाईओभर मुनि पुग्ने बित्तिकै दुई स्कुटीमा आएका चारजना युवकले उनीहरुलाई कुटपिट गर्ने प्रयास गरे र पर्समा राखेको करिब 18 सय नगद र कागजपत्र लुटेर फरार भएका थिए । पीडितको उजुरीको आधारमा आईपीसीको धारा 392/34 अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको थियो।
एसीपी देवेन्द्रकुमार सिंहको नेतृत्वमा टोली गठन गरिएको हो । सूचना दिनेहरू राखिएका थिए। त्यसपछि लुटपाटमा संलग्न तीनजना लुटेरा आरकेपुरम क्षेत्रमा बस्दै आएको जानकारी पाए । सूचनापछि तीनै अभियुक्तलाई योजनाबद्ध ढंगले पक्राउ गरिएको थियो ।









































