HomeFeatureसरकार र नेकपाबीचको 3 बुँदे सहमति कार्यान्वयनको माग गर्दै प्रदर्शन

सरकार र नेकपाबीचको 3 बुँदे सहमति कार्यान्वयनको माग गर्दै प्रदर्शन

काठमाडौं, 6 अगस्त 2022

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी  (नेकपा) सँग भएको ३ बुँदे सहमति अविलम्ब कार्यान्वयन गर्नुपर्ने भन्दै सोही पार्टीलगायत साना कम्युनिस्ट पार्टीहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्। नेकपा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र नेकपा माओवादी समाजवादीले यसअघि नेकपा संग भएको सहमति कार्यान्वयन गर्नुपर्ने र नेकपाका नेताहरुमाथिको पक्राउ आदेश खारेज गर्नुपर्ने भन्दै काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन्। उनीहरुले एमसिसी खारेज गर्नुपर्ने, मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने, पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता हुनुपर्ने माग गर्दै नारावाजी गरेका थिए । उनीहरुले संसदीय व्यवस्था खारेज गर्नुपर्ने जनाएका छन्।  केपी ओली नेतृत्वको तत्कालीन सरकारले २०७७ फागुनमा नेकपालाई शान्तिपूर्ण राजनीतिमा लयाउन तीनबुँदे सहमति भएको थियो।  जसमा सरकार र नेकपा देशको राजनीतिक समस्या वार्ता र संवादबाट समाधान गर्ने,  नेकपा आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा गर्ने र सरकारले नेकपामाथिको प्रतिबन्ध हटाउने, कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रिहाइ गर्ने र सम्पूर्ण मुद्दाहरु खारेज सहमति भएको थियो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...