दिल्ली, 4 जनवरी 2022
भारतको राजधानी दिल्लीमा बढ्दो कोरोना केस र ओमिक्रोनको खतरालाई ध्यानमा राख्दै विकेन्ड कर्फ्यू लगाइएको छ। शनिबार र आइतबार दिल्ली पूर्ण रूपमा बन्द रहनेछ। दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदियाले दिल्ली आपदा व्यवस्थापन प्राधिकरण (डीडीएमए) को बैठकमा यो निर्णय लिएको जनाएका छन्। निजी कार्यालयले ५० प्रतिशत क्षमतामा काम गर्नेछन् । उनले अत्यावश्यक सेवा बाहेक सबै सरकारी कार्यालयका कर्मचारीलाई घरबाटै काम गर्न भनिएको जनाए ।









































