HomeFeatureदिल्लीमा शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरद्वारा विश्व रेकर्ड कायम गरेको प्रमाणपत्र ग्रहण

दिल्लीमा शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरद्वारा विश्व रेकर्ड कायम गरेको प्रमाणपत्र ग्रहण

नयाँ दिल्ली, 4 फेब्रुअरी 2021

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले आफुले कायम गरेको विश्व कीर्तिमानले सांगितीक क्षेत्रमा नौलो आयाम थपेको बताउनु भएको छ । बहालवाला मन्त्रीको रुपमा निरन्तर 4 घण्टा 5 मिनेट 20 सेकेन्ड गीत गाएर विश्व कीर्तिमान कायम गर्नु भएका शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले दिल्लीस्थित नेपाली राजदूतावासमा न्यूज एजेन्सी नेपाललाई छोटो प्रतिक्रिया दिँदै कोभिड-महामारीका कारण लण्डन जान सक्ने अवस्था नरहेकाले दिल्लीबाट अवार्ड ग्रहण गर्ने कार्यक्रम राखिएको बताउनु भयो ।

उहाँले अवार्ड पाइसकेपछि संगीत क्षेत्रमा लागेकाहरुले यसको महत्व बुझ्ने बताउनुभयो । सांगितीक क्षेत्रमा रोयल्टीको कुरा उठाउँदै आउनु भएका राज्यमन्त्री मानन्धरले यो सांगितीक क्षेत्रसँग जोडिएको रोयल्टीको अवार्ड भएको बताउनु भयो । उहाँले गीत संगीतमा लागेकाहरुलाई रोयल्टी आउने हो भने उनिहरुले अरु काम गर्न नपर्ने बताउनु भयो ।

बहालवाला मन्त्रीको रुपमा लगातार चार घण्टा पाँच मिनेट २० सेकेण्ड गीत गाएर विश्व कीर्तिमान कायम गर्नु भएका शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरलाई नयाँ दिल्लीमा कीर्तिमान कायम गरेको प्रमाणपत्र प्रदान गरिएको छ ।

नयाँ दिल्लीमा आयोजित कार्यक्रममा भारतका सामाजिक न्याय तथा अधिकारिकता राज्यमन्त्री रामदास आठवलेले गत मंगलबार राज्यमन्त्री मानन्धरलाई उक्त प्रमाणपत्र हस्तान्तरण गर्नु भएको हो।

मन्त्री मानन्धरले गत पुस १० गते सो अवधिमा विश्व रेकर्ड कायम गर्न चार घण्टा पाँच मिनेट २० सेकेण्ड गीत गाउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...