HomeFeatureदिल्लीमा सीए अध्ययनरत एक नेपाली कोरोनाले संक्रमित, अहिलेसम्म 24 नेपाली दिल्लीमा संक्रमित

दिल्लीमा सीए अध्ययनरत एक नेपाली कोरोनाले संक्रमित, अहिलेसम्म 24 नेपाली दिल्लीमा संक्रमित

नयाँ दिल्ली, 9 जुलाई 2020

भारतको राजधानी दिल्लीमा कोरोनाबाट थप एकजना नेपाली संक्रमित भएका छन । दिल्लीको लक्ष्मीनगरमा सीए अध्ययनरत नेपाली विद्यार्थी कोरोनाका कारण संक्रमित भएका हुन । ज्वरो र घाँटीमा समस्या देखिएपछि उनले गए 6 तारिखमा कोरोनाको परीक्षण गराएका थिए । त्यसपछि हिजो दिल्ली सरकारका तर्फबाट आएको फोन मार्फत कोरोना पोजेटिभ भएको जानकारी दिइएको थियो । अहिले उनको अवस्था सामान्य रहेको छ । नेशनल लाईभसँग भएको कुराकानीमा उनले भने ” अहिले ज्वरो छैन र घाँटीको समस्या पनि सुधारोन्मुख छ ।” उनले बताए अनुसार दिल्ली सरकारका तर्फबाट निरन्तर फोन गरि स्थितिको जानकारी लिनुका साथै घरमै औषधी र अन्य अक्सीजन नाप्ने यन्त्र पुऱ्याइदिने भनिएको छ । काठमाण्डौको बालाजु घर बताउने कोरोना संक्रमित अहिले होम आइसोलेशनमा रहेका छन । यद्धपी दिल्ली सरकारका तर्फबाट सरकारी आइसोलेशन केन्द्रमा बस्न सुझाव दिइएपनि घरमा सुरक्षित र छुट्टै बसेकाले घरमै आइसोलेशनमा रहेको उनले बताएका छन ।

उनिसँगै दिल्लीमा सम्पर्कमा आउने कोरोना संक्रमित नेपालीको संख्या 24 पुगेको छ । त्यसमध्ये 2 जनाको मृत्यु भइसकेको छ भने 7 जना उपचारपछि निको भएर काममा समेत फर्किएका छन ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...