HomeFeatureदुई परिवारले खसीबोका पालेरै वार्षिक १ करोड बढीको कारोबार गर्दै

दुई परिवारले खसीबोका पालेरै वार्षिक १ करोड बढीको कारोबार गर्दै

सुनसरी, 3 सितम्बर 2021

सुनसरीका दुई परिवारले खसीबोका पालेरै वार्षिक १ करोड बढीको कारोबार गर्दै आएका छन् । उत्पादनले सहजै बजार पाउने र माग समेत बढी आउने भएकाले खसीबाख्रा पालन उनीहरुको राम्रो आम्दानीको श्रोत बनेको हो । सुनसरीको कोशी कटान क्षेत्रमा दुई वर्ष अघिबाट थालिएको बोयर गोट फार्ममा तीन महिनाको एउटै पाठी अढाई लाख मूल्यमा बिक्री हुने गरेको छ । अस्ट्रेलियाबाट चिम्पाञ्जी जातको बोका र बाख्रा ल्याएर सुरु गरिएको सो फार्मले दुई लटका पाठापाठी बिक्री गरि सकेको छ । फार्मका खसी बाख्रा मासुका लागि भन्दा पनि बीउ र उत्पादनको लागि किसानले प्रयोगमा ल्याउने गरेका छन् । एउटा माउ बाख्राले एकै पटकमा तीन वटासम्म पाठापाठी पाउने भएकाले समेत पालनको लागि पाठीको माग अत्याधिक रहेको फार्म सञ्चालक बताउँछन् । बोका समेत ६ देखि ८ लाखमा बिक्रि हुने गरेको बताउने फार्म सञ्चालक माग धान्न नसकेकाले व्यवसाय बिस्तारमा जुटेको बताउँछन् । कृषि पेशा अंगाल्दै आएको सुनसरीको डुम्राहाकी कोपिला कार्कीको परिवारले समेत पाठापाठी बेचेरै मनग्यै आम्दानी गर्दै आएको छ । आठ वर्ष यता निरन्तर सो पेशामा लागेको कार्की परिवारले खसीबाख्रा पालनका लागि घरमै ठूलेमोर कृषि फार्म संचालन गरेको छ । उक्त फार्ममा १ सय ५० बढी खसीबाख्रा पालिएका छन् । लोकल तथा बोयर क्रस र जमुनापारी क्रस बाख्रा पालन गर्दै आएको सो परिवार बजारको कुनै समस्या नभएको बताउँछ । मासुका लागि खसीको माग अत्याधिक रहेको बताउने फार्म सञ्चालिका कार्की स्थानीय बजारमै उत्पादन खपत हुने गरेको बताउँछिन । व्यवसायिक रुपमा फार्म संचालन गर्दै आएकाको हकमा भेटेरीनरी अस्पताल तथा पशु विज्ञ सेवा केन्द्र इनरुवाले आवश्यक परामर्श र अनुदान दिने भएकाले समेत पछिल्लो समय व्यवसायिक पालनमा किसानको आकर्षण बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...